• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

दिवा खाजाले चेपाङ बालबालिका विद्यालयप्रति आकर्षित

  •   बिहिबार, पुष २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको कालिका नगरपालिका–१० टँुडिखेलकी सिर्जना चेपाङको घरमा प्रायःजसो बिहान समयमा खाना पाक्दैन । उहाँलाई घरमा पकाएको खाने कुरा कुर्नुभन्दा विद्यालयमा पुग्न हतार हुन्छ । विद्यालयमा दिइने खाजाले उहाँलाई आकर्षित गर्ने गरेको छ । विद्यालयमा खान पाइने भएपछि घरबाट भोकै भए पनि विद्यालय आउने गरेको सृजनाले सुनाउनुभयो । उहाँ कालिका–१० लोतंतीमा रहेको आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत हुनुहुन्छ ।

    “हाम्रो आठजनाको परिवार हो”, उहाँले भन्नुभयो, “बाआमा बिहानैदेखि काम गर्न र खानेकुरा जुटाउन जानुहुन्छ, समयमै खान पाइँदैन ।” बिहान कहिल्यै समयमा खाना नपाकेको भन्दै उहाँले बेलुका भने नियमित खाने गरेको बताउनुभयो । उहाँले धेरैजसो भोकै विद्यालय आउने गरेको बताउनुभयो । कक्षा २ मा अध्ययनरत कविता चेपाङले घरमा आमाले खानेकुरा नपाएका कारण भोकै विद्यालय आएको बताउनुभयो । उहाँ खाजा खान पाइने भएका कारण समयमै स्कुल आउने गरेको बताउनुहुन्छ ।

    “घरमा खाना पाक्दै थियो, विद्यालय आउन ढिला हुने भएकाले नखाइकन आएँ”, उहाँले भन्नुभयो । शिशु कक्षामा पढ्ने विकास चेपाङले पनि खाना नखाई विद्यालय आएको बताउनुभयो । सिर्जना, कविता र विकासमात्र होइन, विद्यालयमा अध्ययनरत धेरै विद्यार्थी यसरी नै भोकभोकै विद्यालय आउने गरेका छन् । यस विद्यालयमा सबै चेपाङ बालबालिका अध्ययनरत छन् । उनीहरूलाई विद्यालयसम्म दिवा खाजाले आकर्षित गरिरहेको छ । शिशुदेखि कक्षा ३ सम्म पढाइने यस स्कुलमा ६० विद्यार्थी भर्ना भएका थिए ।

    “तीन विद्यार्थी अन्य विद्यालयमा गए”, विद्यालयका प्रधानाध्यापक भीमबहादुर तामाङले भन्नुभयो, “५७ बालबालिका अहिले अध्ययनरत छन् ।” चेपाङ समुदायमा आर्थिक अवस्थाका कारण खानाका लागि नै धौधौ रहेको भन्दै उहाँले कतिपय विद्यार्थी खाजा खानकै लागि आउने गरेको अनुभव सुनाउनुभयो । “घरमा खान पाइएन भन्दै बालबालिका भोकभोकै विद्यालय आउँछन्”, उहाँले भन्नुभयो, “दिउँसो १ बजेपछि दिइने खाजा कहिलेकाहीँ १२ बजे नै दिने गरेका छौँ, खाजा नहुने हो भने चेपाङ बालबालिकालाई एक दिन पनि विद्यालय टिकाउन गाह्रो हुने देखिन्छ ।”

    उहाँले बालबालिकालाई समयमै खुवाएर स्कुल पठाउन अभिभावकलाई भन्ने गरेको भए पनि उनीहरूको पारिवारिक र आर्थिक अवस्थाले सम्भव नभएको बताउनुभयो । यस क्षेत्रका लोतंती, टुँडिखेल, जौगैरा, छ्यासलिङलगायतका ठाउँबाट पढ्नका लागि चेपाङ बालबालिका यस विद्यालयमा आउने गरेका छन् । “साना–साना बालबालिका एक घण्टासम्म हिँडेर अध्ययनका लागि आउँछन्”, प्रअ तामाङले भन्नुभयो, “कक्षा ३ पास गरेपछि कालिका आधारभूत विद्यालय निमुवाटार जाने गरेका छन् ।”

    कक्षा ३ पछि विद्यालय टाढा भएका कारण कतिपयले पढाइ छाड्ने गरेको उहाँले बताउनुभयो । स्कुलकी शिक्षिका सुष्मा रानामगरले प्रत्येक दिन स्कुलमा २० देखि २५ जना नखाई आउने गरेको बताउनुभयो । “एउटै घरका दुई–तीनजना पढ्न आउँछन्, एउटा घरमा खाना नपाक्दा धेरैले खान पाउँदैन, भोकभोकै विद्यालय आउँछन्”, उहाँले भन्नुभयो । कसैले अभिभावक नभएर त कसैले चामल छैन ढिडो रुचेन भन्ने गरेको उहाँले बताउनुभयो । कतिपय परिवारमा ढिलो पकाउने गरेका कारण पनि बालबालिका भोकै विद्यालय आउनुपरेको उहाँले बताउनुभयो ।

    बालबालिकालाई १ बजेसम्म राख्न धौधौ हुने गरेको जानकारी दिँदै उहाँले पढाउने बेलामा पनि उनीहरूको ध्यान खानेकुरातर्फ जाने गरेको बताउनुभयो । “बालबालिकाले अघाउने खानेकुरा खोज्छन्, उनीहरूलाई सोधेरै खानेकुरा पकाउने गरेका छौँ”, उहाँले भन्नुभयो । नगरपालिकाका शिक्षा शाखा प्रमुख गङ्गाधर रिमाल भौगोलिक विकटताका कारण एक डेढ घण्टासम्म हिँडेर चेपाङ बालबालिका विद्यालय पढ्न आउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

    उहाँले प्रदेश सरकारसँगको सहकार्यमा चेपाङ बालबालिकालाई लक्षित गरेर आवासगृह निर्माण गरिरहेको जनाउँदै यो समस्या अन्त्य हुने बताउनुभयो । कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजाले भौगोलिक विकटता र आर्थिक अवस्थाका कारण बालबालिकाले समयमै पेटभरि खाएर स्कुल जान नपाएको बताउनुभयो । उहाँले सबै बालबालिकालाई पेटभरि खानेकुरा खुवाउन सबै विद्यालयलाई निर्देशन दिइएको बताउनुभयो ।

    “सबै विद्यालयमा पुगेर आफैँ निर्देशन दिएको छु”, उहाँले भन्नुभयो, “चिउरा, चाउचाउ होइन, गाउँघरको जैविक खानेकुरा दिन भनेका छौँ ।” उहाँले आवासीय सुविधासहित विद्यालय स्थापना गर्नसके मात्र चेपाङ बालबालिकालाई राम्रो शिक्षा दिन सकिने बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.