चितवन । नेपाल घरबाहल उपभोक्ता मञ्च चितवनको दुई वर्षे कार्ययोजना गोष्ठि शुक्रबारदेखि मेघौलीमा सुरु भएको छ । मञ्चका अध्यक्ष जनकलाल कट्टेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मञ्चका सस्थापक अध्यक्ष हेमराज पौडेल प्रमुख अतिथी रहनु भएको छ । कार्ययोजना गोष्ठिमा नेपाल बार एशोसिएसनका पुर्व अध्यक्ष गोपिलाल देवकोटा र होटल व्यवसायी महासंघका पुर्व उपाध्यक्ष ईमान्दु बराल प्रशिक्षक रहनु भएको छ ।
शनिबारसम्म चल्ने गोष्ठिको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले व्यवहारमा कार्यान्वन गर्न नसक्ने महत्वाकांक्षी योजना बनाउन नहुने वताउनु भयो । सस्थाको क्षमता अनुसार कार्यक्रम तथा योजना निर्माण गर्न उहाँले आग्रह गर्नुभयो । मञ्चका पुर्व अध्यक्ष प्रभात ढुंगानाले सस्थाको स्थापनाकालदेखि हालसम्मको अवस्थाको विषयमा जानकारी गराउनु भएको थियो ।
मञ्चका निवर्तमान अध्यक्ष ख्याम नारायण पराजुलीले आफ्नो कार्यकालमा निर्माण भएका, पूरा भएका र हुन नसकेका कामको समीक्षा गर्नु भएको थियो । कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष हरि शर्मा पौडेल, मञ्चका पुर्व उपाध्यक्ष गणेश प्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । योजना तर्जुमा तथा प्रशिक्षण कार्यक्रमको संयोजकमा मञ्चका वरिष्ठ उपाध्यक्ष एवं विवाद समाधान समितिका संयोजक गणेश प्रसाद उपाध्याय पौडेल रहनु भएको छ ।








