काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








