चितवन । चालु आर्थिक बर्ष २०८०, ०८१ को ६ महिनामा चितवनमा सवारी दुर्घटनाबाट ५१ जनाको मृत्यु भएको छ भने ३३५ जना घाईते भएका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आबको असार देखि पुष मसान्तको अवधिसम्म १७५ वटा सवारी दुर्घटना भएका थिए । सबैभन्दा बढी सवारी दुर्घटनाबाट मृत्यु पुष महिनामा भएको छ ।
जसअनुसार पुष महिनामा सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु ५६ जना घाईते भएका छन ।
यस्तै सबैभन्दा कम श्रावण महिनामा ४ जनाको मृत्यु र ७७ जना घाईते, भदौ महिनामा ६ जनाको मृत्यु,२८ जना घाईते, असोज महिनामा ५ जनाको मृत्यु ६५ जना घाईते, कात्तिक महिनामा ९ जनाको मृत्यु ५८ जना घाईते र मंसिर महिनामा १३ जनाको मृत्यु ५१ जना घाईते भएको कार्यालयले जनाएको छ । सो अवधिमा श्रावण महिनामा १९ वटा , भदौमा २२ वटा, असोजमा १६ वटा, कात्तिकमा ३१ वटा , मंसिरमा ४३ वटा र पुषमा ४४ वटा सवारी साधन दुर्घटना भएका थिए ।
कार्यालयका प्रमुख शुरेश सुबेदीले गतबर्षभन्दा यो चालु आर्थिक बर्षमा सवारी दुर्घटनाबाट मानवीय क्षतिको अनुपात बढेको बताउनु भयो । ‘पोहोर एकबर्षमा ७८ जनाको मृत्यु भएको थियो उहांँले भन्नुभयो, अहिले ६ महिनामानै ५१ जनाको मृत्यु भएको छ ।’
सडक सञ्जाल, सवारी साधनको बृद्धि ,तीब्र गति , मापसे ,लेन अनुशासन कायम नगर्ने कारणले गर्दा सवारी दुर्घटनासँगै मानवीय क्षति बढेको उहांँको भनाई छ । सडक सञ्जाल विस्तार र सुधार भएसंँगै बिशेष गरी दुईपाँग्रे सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढी रहेको उहांँले बताउनु भयो ।








