काठमाडौं । सरकारी वार्ता टोली र अनशनरत डा.गोविन्द केसीको वार्ता टोलिबीच आज वार्ता हुँदै छ । वार्ताको समय र स्थान तोकिएको छैन । “आज वार्तामा बस्छौं,” डा।जीवन क्षेत्रीले भन्नुभयो“समय र स्थान तय भएको छैन ।” सरकारले बुधबार शिक्षा सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । सरकारी वार्ता टोली बने लगत्तै डा।केसीका तर्फबाट डा।क्षेत्रीको संयोजकत्वमा वार्ता टोली बनेको थियो । डा।केसी स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १९ औं पटक अनशन बसेको आज २५ औँ दिन हो ।








