• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्दै

  •   शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन् । बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुङ्गा उत्खनन हुन थालेपछि पानीका मुहान सक्दै जान थालेका हुन् ।

    स्थानीय स्वास्थ्य चेपाङको नेतृत्वमा उक्त स्थानमा ढुङ्गा उत्खनन भइरहेको स्थानीयवासी रेशम चेपाङले बताउनुभयो । “अवैधरुपमा उक्त स्थानमा ढुङ्गा उत्खनन हुने गरेको छ । ती ढुङ्गा चितवनका विभिन्न होटल निर्माण प्रयोजनका लागि प्रयोग गरिन्छन्”, उहाँले भन्नुभयो ।

    अवैधरुपमा ढुङ्गा उत्खनन गर्न थालेपछि खानीको डाँडाभन्दा तल रहेका चेपाङ गाउँ गारघर, जैथली, चौकीडाँडा, साप्रेनी र बङ्ग्याङलगायतमा पहिरोको जोखिममा बढेको छ । करिब २० वर्ष अघि पनि उक्त स्थानबाट ढुङ्गा निकाल्दा पहिरो गएको थियो । पुनःसोही ठाउँबाट जथाभावी ढुङ्गा निकाल्न थालेपछि स्थानीयमा पहिरोको जोखिम बढेको भन्दै त्रास छाएको छ ।

    ढुङ्गा उत्खनन गर्दै गर्दा ती गाउँमा पिउने पानीको मुहानमा सुक्दै गएको रेशमले बताउनुभयो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र वडाध्यक्ष सन्तबहादुर रानालाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको भन्दै अनुगमनसमेत गर्न नआएको उहाँको भनाइ थियो ।

    ढुङ्गा उत्खनन कार्य रोक्न आग्रह गर्दा उत्खननको नेतृत्व गर्ने स्वास्थ्य चेपाङले चुप लागेर बस्न भनी धम्की दिएको रेशमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ढुङ्गा उत्खनन भएको थाहा पाएपछि गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएँ, तर उहाँहरु अनुगमनमा आउनु भएको छैन । पानीको मुहान सुक्दै गएको र पहिरोको जोखिम भएकाले उत्खनन कार्य रोक्न वडासदस्य विक्रम चेपाङलाई आग्रह गरे पनि हालसम्म सुनुवाई भएको छैन । ढुङ्गा उत्खनन गर्ने ठेकेदारले चुप लागेर बस्ने धम्की दिएको छ ।”

    तीन साताअघिदेखि अवैधरुपमा ढुङ्गा उत्खनन गरेको थाहा पाइएपछि वडासदस्य चेपाङ सो स्थानमा निरीक्षणमा पुग्नुभएको थियो । गाउँपालिका अध्यक्ष गुरुङसँग यस विषयमा प्रतिक्रिया लिँदा उक्त स्थानमा ढुङ्गा उत्खननका लागि पालिकाले कसैलाई अनुमति नदिइएको बताउनुभयो । “हामीलाई पनि त्यहाँ ढुङ्गा निकालेको जानकारी आएको छ । आइतबार हामी निरीक्षणमा जाने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

    यसैबीच श्री नागेन सामुदायिक उपभोक्ता समिति इच्छाकामना–१ ज्यान्दालाले विज्ञप्ति निकालेर ढुङ्गा उत्खनन कार्य रोक्न आग्रह गरेको छ । उक्त सामुदायिक वनभित्र रहेको सार्वजनिक जग्गाको ढुङ्गा उत्खननसँगै पहिरोको जोखिम बढेको र चन्दलीको टारसँग जोडिएको उक्त जग्गा मासिँदै गएको जनाइएको छ ।

    उक्त स्थानमा प्याराग्लाइडिङको सफल परीक्षणसमेत भएकाले पर्यटकीय गन्तव्यको रुपमा प्रचुर सम्भावना भएको वडासदस्यसमेत रहनुभएको वन उपभोक्ता समितिका अध्यक्ष विक्रम चेपाङले बताउनुभयो । ढुङ्गा उत्खननले प्याराग्लाइडिङलाई समेत असर पर्ने उहाँको भनाइ थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.