• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

मुलुकमा सुशासन कायम गर्न राजनीतिक इच्छाशक्ति आवश्यक छ : सांसद सरिता प्रसाईँ

  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । मुलुकमा सुशासन, दिगो विकास, शान्ति, राजनीतिक स्थायित्व कायम गर्न भ्रष्टाचार प्रमुख चुनौतीको रूपमा खडा भएको छ । जनतामा विश्वास जगाइ मुलुकमा समृद्धि ल्याउन भ्रष्टाचार अन्त्य गर्न आवश्यक छ । राजनीतिक नेतृत्वबीच दृढ इच्छाशक्ति भएकै कारण मुलुकमा निरङ्कुश शासन व्यवस्थाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्न सफल भएका हौँ । विगतमा हामी साझा प्रतिबद्धतासहित एकजुट भएकै हौँ । गर्दा त सकिँदोरहेछ । अहिले चाहेर वा नचाहेर गर्न सकिरहेका छैनौँ । म आफैँ छक्क परेकी छु ।

    एनसेल सेयर खरिद–बिक्री प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डलगायतका भ्रष्टाचारका विभिन्न काण्डले नेपाली राजनीति तरङ्गित बनायो । एकपछि अर्को काण्डले पुराना ओझेलमा पर्दै गए । अनियमिततामा मुद्दामा उच्चपदस्थ राजनीतिज्ञ र कर्मचारीको संलग्नता मुलुकमा सामान्यजस्तो विषय बन्न थाले । सरकारले यी सबै मुद्दाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने हिम्मत राख्नुपर्छ । अध्ययन, छलफलका लागि समितिहरु गठन भएका छन् । संसदीय समितिमा भइरहेका छलफल पनि निष्कर्षमा पुग्न सकिएका छैनन् । यस्तो अवस्थामा जनतामा कसरी विश्वास सिर्जना गर्न सकिन्छ ? मुलुकभित्र देखिएका यी विषय उठान गर्ने, छलफल चलाउने तर निचोडमा नपुगेको अवस्था छ ।

    यो तरिकाले मुलुक अझ अस्तव्यस्त बन्छ । पार्टीका कार्यकर्ता, सांसद चुप लाग्लान्, तर जनता चुप लाग्ने छैनन् । भाषणले मात्र मुुलुकमा बन्दैन । मुलुकमा सुशासनको मुद्दा विगत लामो समयदेखि चर्चामा छ तर जिम्मेवारीबाट टाढा रहने प्रवृत्तिले सफल हुनसकेका छैनौँ । दृढरूपमा नेतृत्वले कर्मचारीतन्त्रलाई हाँक्न नसक्नु, राजनीतिज्ञ आफ्ना जिम्मेवारीमा प्रतिबद्ध रहन नसक्नुको परिणाम मुलुकको शासन व्यवस्था अपेक्षाअनुरुप चलाउन सकेका छैनौँ । जनताले सार्वजनिक सेवा प्राप्त गर्न सांसदलाई फोन गर्नुपर्ने बाध्यता किन ? फोन गर्दिएकै भरमा काम हुने जनता जाँदा नहुने कारण किन ? जो जुन ठाउँमा छ उसले इमान्दारीसाथ काम गर्न नसकेको हो कि भन्ने महसुुस हुन्छ ।

    त्यसकारण जो जुन ठाउँमा छ उसले इमान्दारीका साथ जिम्मेवारी बहन गरी मुलुकप्रति समर्पित हुन जरुरी छ । कर्मचारीले हामीलाई मात्र अख्तियार लाग्छ, हामीलाई अन्याय भयो भन्ने गुनासो यथार्थपरक छैन । कानुनअनुसार काम गर्दा किन अख्तियार लाग्छ ? राजनीतिक पदधारण गरेको व्यक्तिलाई सहजीकरण गराउने कर्मचारी नै हो । राजनीतिज्ञले के गर्न हुने, के गर्न नहुने भनी कानुन निर्माण गरिसकेपछि सोहीअनुसार काम गर्नुपर्छ । हाम्रा योजना तथा कार्यक्रम तय गर्दा कानुनसम्मत छ या छैन कर्मचारीले निक्र्योल गर्नुपर्छ ।

    कानुनविपरीत काममा कसले जबर्जस्ती गर्न सक्छ ? सबै जिम्मेवारीबाट भागेर देश कसरी बन्छ ? कार्यालय सहयोगीदेखि उच्च पदसम्म आफ्ना जिम्मेवारीमा प्रतिबद्ध हुनपर्छ । हामी निर्वाचित भएको एक वर्ष बितिसक्यो । लामो राजनीतिक अनुभव बोकेर उत्साहजनक ढङ्गले संसद्मा आयौँ । अहिले त्यो हाम्रो उत्साह, आफ्नो जिम्मेवारीप्रतिको हुटहुटी घटेको महसुस हुन्छ । पछिल्लो एक वर्षको समीक्षा गर्दा संसद्ले जति भूमिका निर्वाह गर्नुपथ्र्यो त्यति गर्न सकेनौँ । कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी बोकेका सांसदले जिम्मेवारी पूरा गर्न सकेनौँ । राष्ट्रको हितका लागि कानुन निर्माण हुनाले राष्ट्रिय सहमतिका आधारमा विधेयक पास गर्नुपर्छ । व्यक्तिगत स्वार्थ बाझ्नु राम्रो होइन ।

    यसमा सांसदको मात्र होइन, सरकारको पनि कमजोरी हो । संसद् जनताको मुद्दा उठाउने र राज्य सञ्चालन गर्न कानुन निर्माण गर्ने थलो हो । अब आउने संसदको अधिवेशनमा कानुन निर्माण केन्द्रित भएर हामी जानुपर्छ । सङ्घीयता ल्याएका छौँ, सोहीअनुसारको अधिकार सङ्घ, प्रदेश र स्थानीय तहलाई प्रदान गर्न सकेका छैनौँ । अहिले जनताले व्यवस्थामाथि नै प्रश्न गर्न थालेका छन् । जसका कारण प्रदेश सरकारको काम प्रभावकारी हुन नसकेको अवस्था छ । कानुन नै छैन भने के गर्नु ? संविधानको परिकल्पनाअनुसार हामी चल्नुपर्छ ।

    मुलुकमा समृद्धि हासिल गर्न शिक्षा क्षेत्रमा सुधार गर्न जरुरी छ । बाह्य मुलुकमा उच्च शिक्षा हासिल गरेर आएका नेताहरुले पनि आफ्नो मुलुकको शिक्षा क्षेत्रमा सुधार गर्न यथेष्ट काम गर्नु भएको देखिन्न । यो जायज कुरा होइन । मुलुकको विकास भनेको शिक्षा हो । हामीले कतिपटक भनेका छौँ, शिक्षामा राजनीतिकरण नगरौँ । राजनीतिक भर्ती गर्ने ठाउँ प्राज्ञिक थलो बनाउँदा आज त्रिभुवन विश्वविद्यालयको अवस्था दयनीय बन्दै गएको छ । मुस्किलले भर्ना पाउने पुल्चोक इन्जिनियरिङ कलेजमा मागेको सङ्ख्यामा समेत विद्यार्थी भर्ना नभएका विषय मुलुकका लागि दुःखको विषय हो ।

    शिक्षा क्षेत्रलाई विश्वसँग प्रतिस्पर्धा गराउन सक्षम बनाउनुपर्छ । विश्वविद्यालयमा प्राध्यापक, उपकुलपतिको स्वतन्त्र प्रतिस्पर्धाबाट चयन गरी स्वतन्त्र ढङ्गले सञ्चालन गर्न आवश्यक छ । शिक्षा क्षेत्रमा लगानी कम भएका विषय आएका छन् । बजेटभन्दा पनि व्यवस्थापन राम्रो नभएको हो । सरकारी विद्यालयप्रति जनतालाई मेरो हो भन्ने अपनत्व गराउन सकेनौँ । हामीसँग उपलब्ध स्रोतसाधनलाई सही ढङ्गले सञ्चालन गरेमा प्रतिफल राम्रो आइहाल्छ नि । तर हामीले व्यवस्थापन गर्न चाहेनौँ । सरकारी विद्यालयलाई प्राथमिकतामा राख्न चाहेनौँ ।

    मेरो राजनीतिक अनुभवमा विगतको राजनीति र अहिलेको राजनीति तुलनात्मकरूपमा धेरै फरक छ । मैलै देखेर सुरु गरेको राजनीतिमा सुमधुर सम्बन्ध, विश्वास, असल राजनीतिक संस्कार थियो, तर अहिले छैन । वर्तमान राजनीतिमा दल, कार्यकर्ता, नेताबीचको खस्कदो अविश्वासले राजनीतिक संस्कारमा असर पारेको छ । पञ्चायत हेरेँ, बहुदल, गणतन्त्र हँुदै अहिलेसम्मको अनुभव आफैँमा अचम्मको राजनीतिक संस्कारको विकास भएको छ । राजनीतिक यात्राका क्रममा मैले प्रत्यक्षतर्फ दुईपटक टिकट मागेँ, तर मलाई पार्टीले दिन सकेन ।

    म त चुनाव लड्न तयार हो । मलाई मैले गरेको कामप्रति विश्वास छ । जनताले मलाई माया गरेका छन् भन्ने मेरो विश्वास हो तर परीक्षण गर्ने मौका मलाई पार्टीले दिएको छैन । पार्टीले आवश्यक ठानी म सांसद त बनेकी छु । इतिहास बोकेको, सबैभन्दा पुरानो पार्टी, संसद्मा ठूलो पार्टीको प्रतिनिधित्व गरेको नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फबाट एकजना महिलामात्र निर्वाचित भएको छ । यो भन्न म आफैँलाई लाज लाग्छ । नेपाली राजनीतिक परिवर्तनमा महिलाको ठूलो योगदान छ । कानुनमा सुनिश्चित नभएसम्म प्रत्यक्षतर्फ महिलाको प्रतिनिधित्व वृद्धि हुँदैन ।

    महिला चुनाव लड्न सक्षम छन् । तयार छन् । तर पार्टीले नचाहेकै कारण महिला निर्वाचित नभएको अवस्था छ । समानुपातिक निर्वाचन प्रणाली र महिलाप्रति राजनीतिक दलले हेर्ने दृष्टिकोणका कारण प्रत्यक्ष निर्वाचन तथा चुनाव क्षेत्र पुरुषको अंश र समानुपातिक प्रणाली महिलाको दाइजोजस्तो बन्न पुगेको छ । (झापा जिल्ला, बुद्धशान्ति स्थायी ठेगाना हुनुभएकी सांसद सरिता प्रसाईं संविधानसभा सदस्य, पूर्वकृषि राज्यमन्त्री र २०७४ सालमा राष्ट्रियसभा सदस्य प्रमुख सचेतकका रूपमा हुनुहुन्थ्यो । हाल नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँसँग राससका समाचारदाता सीता भट्टराईले गरेको कुराकानीका सम्पादित अंश)

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.