• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘चन्द्रागिरि न्यूडायमण्ड’ पोखरामा चम्किँदा …

  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कास्की । पोखरामा शनिबार टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप भलिबलको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबसँग पराजित भएपछि चन्द्रागिरि न्यूडायमण्ड क्लबका प्रशिक्षक कुमार राईको प्रतिक्रिया थियो, “अर्को वर्ष दर्शकले चाहेजस्तो खेल प्रदर्शन गर्नेगरी उपाधि जित्नेगरी आउनेछौँ ।”

    फाइनलमा कडा टक्कर दिए पनि न्यूडायमण्डले विभागीय टोली एपिएफलाई हराउन सकेन । एपिएफले उपाधिमा ह्याट्रिक गर्दा न्यूडायमण्ड भने उपविजेतामा सीमित हुन पुग्यो । न्यूडायमण्डको उपाधि चुम्ने सपना यस वर्ष पूरा नभए पनि प्रशिक्षक राई निरास भने हुनुहुन्न । खेलाडीको प्रदर्शन र त्यसमा पनि नयाँ खेलाडीको खेलले उहाँमा आत्मविश्वास ठूलो छ । सिनियर केही खेलाडीको चोट र नयाँ खेलाडीले आशा गरेअनुसार प्रदर्शन गर्न नसक्दा पराजय भोग्नुपरे पनि राईमा उपाधि जित्ने हुटहुटी भने झनै बढेको छ । क्लबमा झनै उत्साह थपेको छ ।

    पछिल्लो समयदेखि न्यूडायमण्ड स्पोर्टस् क्लबको नामका अगाडि चन्द्रागिरि थपिएको छ । चन्द्रागिरि त्यही नगरपालिका हो, जहाँ न्यूडायमण्ड महिला भलिबल टिम रहेको छ । आफ्नै ठाउँमा रहेको भलिबल खेल विकासमा दुई दशकदेखि निरन्तर क्रियाशील क्लबलाई स्थानीय सरकारले अभिभावकत्व लिएपछि न्यूडायमण्डमा क्लबमा उत्साह छाएको हो । नगरपालिकाबाट राम्रो साथ पाएपछि यसबाट टिम व्यवस्थापकदेखि खेलाडी खेलमा अझै राम्रो गर्दै उपाधिको सपना देख्न थालेका छन् ।

    “हामी अर्को वर्ष अझै बढी तयारीसहित राम्रा खेलाडी लिएर उपाधि जित्नेगरी पोखरा आउनेछौँ । दर्शकले चाहेजस्तो खेल प्रस्तुत गर्नेछौँ, हामीलाई नगरपालिकाबाट समेत साथ मिलेको छ, हामी उत्साहित नै छौँ”, प्रशिक्षक राईले भन्नुभयो । टाइगरकपको फाइनलमा आफ्नो टोली पुगेको खबरपछि खेलाडीमा उत्साह भर्न चन्द्रागिरि नगरपालिकाको टोली शुक्रबार पोखरा आयो । पोखरा रङ्गशालामा चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खत्री, वडा १५ का वडाध्यक्ष घनश्याम लुईटेल सहित अन्य वडाध्यक्ष खेलाडीलाई उत्साहित बनाइरहनुभयो ।

    स्थानीय सरकारले राष्ट्रिय खेल भलिबल र त्यसमा पनि महिला भलिबलको विकासका लागि गरेको प्रयास प्रशंसनीय छ । यसले खेलकुदको विकासमा सहयोग पुगेको छ भने खेलाडीमा समेत आत्मविश्वास बढाएको प्रशिक्षक राईले बताउनुभयो । चन्द्रागिरि नगरपालिकाले गत महिनादेखि न्यूडायमण्डलाई प्रायोजन सुरुआत गरेको हो । विगतमा पनि खेल सामग्री, मेडिकल उपकरण, प्रशिक्षणलगायतमा सहयोग गर्दै आएको थियो ।

    तर यस वर्षदेखि न्यूडायमण्ड महिला भलिबल क्लबलाई नगरपालिकाले आफ्नो ‘अफिसियल क्लब’ बनाएको छ । जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरको प्रतियोगितामा ‘चन्द्रागिरि नगरपालिका न्यूडायमण्ड महिला भलिबल टिम’को नामसहित न्यूडायमण्डले सहभागिता जनाउने नगरप्रमुख गिरीले जानकारी दिनुभयो ।

    “न्यूडायमण्ड महिलाहरूको युनिक टोली हो । पहिला पनि सानो–सानो सहयोग गरेका थियौँ । तर अहिले अफिसियल टिमका रूपमा विकास गरौँ भनी छुट्टै बजेट व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो, “यसबाट नगरपालिकाको पहिचान बढाएको छ, खेल जगत्लाई पनि सहयोग पुगेको छ ।”

    नगरपालिकाले प्रतियोगितामा खेलाडीका लागि आवश्यक खेलकुद सामग्री तथा प्रतियोगिताको व्यवस्थापन खर्च सबै व्यर्होनेछ । यसका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरिएको छ । नगरप्रमुख गिरीले राष्ट्रिय तथा अन्तराष्ट्रियरूपमा स्थापित तथा महिला भलिबल खेलाडी उत्पादन गरेर राष्ट्रलाई योगदान गरेको क्लबसँग नगरपालिका जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । अन्य स्थानीय सरकारले पनि खेलकुद विकासका लागि सहयोग गर्नुपर्ने भनाइ गिरीको छ ।

    चन्द्रागिरिले महिला भलिबलबाहेक फुटबल, ब्याडमिन्टन, बक्सिङलगायतका प्रतिस्पर्धात्मक खेलहरूको विकासका लागि मात्र बर्सेनि रु दुई करोडमाथि खर्च गर्दै आएको नगरप्रमुख गिरीले जानकारी दिनुभयो । “नगरपालिकाले खेलकुद विकासलाई उच्च प्राथमिकता दिएर काम गर्दै आएका छ । ”, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भन्नुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.