भरतपुर। सामुदायिक विद्यालय निजी स्रोत शिक्षक संघर्ष समितिको आयोजनामा संस्थागत विद्यालयका शिक्षकले भरतपुर महानगरमा धर्ना दिएका छन् । गतवर्ष देखिको तलब तत्काल भुक्तान हुनुपर्ने माग राख्दै उनीहरु धर्ना बसेका हुन् ।
कोरोना भाइरसको संक्रमणका कारण विद्यालयले अनलाईन प्रणाली मार्फत कक्षा संचालन गरिरहेका छन् । तर, संस्थागत निजी विद्यालयले शिक्षक कर्मचारीलाई तलब नदिएको भन्दै उनीहरु आन्दोलनरत रहेका छन् ।
यस्तै सामुदायीक विद्यालय अन्तर्गत निजी शिक्षकहरुले फागुन देखिको तलब लिन बाकि रहेको बताएका छन् । ८ महिना देखि तलब नपाउदा अवस्था जटिल बनेको उनीहरुको भनाई रहेको छ ।
तलब भुक्दान नभए आउदै गरेको नेपालीहरुको महान चाड बडाँ दशैंमा आफ्नो परिवारको आखाँमा आशु हुने एक शिक्षकले दुखेसो पोख्नुभयो । तलब भुक्तानको सम्बन्धमा उचित समन्वय, नीति र शुल्क निर्धारणको दवावको लागि धर्ना गरिएको आयोजकले बताएको छ ।








