• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

भरतपुर महानगरले गर्‍यो तीन निजि क्षेत्रलाई सम्मान

  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरले गर्‍यो तीन निजि क्षेत्रलाई सम्मान भरतपुर महानगरपालिकाले निजि क्षेत्रलाई सम्मान गरेको छ । महानगरपालिकाले आइतबार चितवनका तिन निजि क्षेत्रका उद्योगि तथा ब्यबसायीहरुलाइ स्वागत एवं सम्मान गरेको हो। उद्योग बाणिज्य सघ चितवन,चितवन उद्योग सघ र चितवन च्याम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाले सम्मान गरेको हो । महानगरका प्रमुख रेनु दाहाल तथा उप प्रमुख चित्रसेन अधिकारीले सयुक्त रुपमा ब्यबसायीहरुलाइ खादा तथा टीका लगाएर सम्मान गर्नुभएको हो ।

    महानगरपालिकाले निजि क्षेत्रलाई सम्मान सगसगै भरतपुर भ्रमण बर्ष २०२४ को सन्दर्भमा पनि छलफल एवं अन्तरक्रिया गरेको छ । सम्मान कार्यक्रममा बोल्दै उद्योग बाणिज्य सघ चितवनका निबर्तमान अध्यक्ष चुन नारायण श्रेष्ठले भरतपुर भ्रमण बर्ष ले निजि क्षेत्र निकै उत्साहित भएको बताउनु भयो । हामी निजि क्षेत्रका उद्योगि एवं ब्यबसायीहरु भ्रमण बर्षबाट निकै उत्साहित भएका छौ श्रेष्ठले भन्नुभयो,यो हाम्रो लागी महत्त्वपूर्ण र उपलब्धिमुलक क्षण हो ।

    त्यस्तै चितवन च्याम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराईले महानगरपालिकाले गरेको सम्मानले आफुलाइ थप जिम्मेवारी बनाएको उल्लेख गर्नुभयो । सिथिल बनेको निजी क्षेत्रलाई माथी उकास्नको लागि महानगरले अभिभावकतब ग्रहण गर्दै भ्रमण बर्ष आयोजना गर्दिएको हो भट्टराईले भन्नुभयो,यसलाइ अतिरन्जित बनाउने काम कहि कतैबाट कसैले पनि नगर्न सबै निजि क्षेत्रसग मेरो अनुरोध छ ।

    पर्यटन बिकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन,सिथिल अवस्थामा रहेको पर्यटन ब्यबसायलाई थप चलायमान बनाउन,महानगरको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्न,प्राकृति,सास्कृतिक,धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको प्रचारप्रसार गरि पर्यटकको सख्या र बसाइ अवधी वृद्धि गर्ने उद्वेश्यले महानगरपालिकाले निजि क्षेत्र सगको सहकार्यमा पहिलो पटक बृहत् प्रबर्धानात्मक अभियान अन्तरगत भरतपुर भ्रमण बर्ष २०२४ आयोजना गर्न लागेको हो ।

    चितवन उद्योग सघका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले भ्रमण बर्षलाइ सबै क्षेत्रबाट अपनत्व हुने गरि सफकतापुर्वक सम्पन्न गर्न आग्रह गर्नुभयो । यस्तै उद्योग बाणिज्य सघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले भ्रमण बर्षलाइ निजी क्षेत्रले ऐतिहासिक बर्षको रुपमा लिनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले भ्रमण बर्षलाइ सागरको सज्ञा दिदै यसबाट कति पानी निकाल्न सकिन्छ अब धेरै भन्दा धेरै पानी निकाल्ने समय आएको पनि प्रष्ट पार्नुभयो । महानगरका पर्यटन बिज्ञ सल्लाहकार डा बिश्व सुवेदीले प्रमुख पर्यटकीय गन्तव्यहरु २१ वटा भए पनि ब्लकहरु निर्माण गरि एउटै ब्लक भित्र ५ देखि १० वटा सम्म गन्तव्यहरु समावेश गरिएको बताउनुभयो ।

    सुवेदीका अनुसार स्थानीय,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ५१ भन्दा बढी कार्यक्रमहरु भ्रमण बर्ष २०२४ मा आयोजना गरिने छ । सम्मान तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदै नगर उप प्रमुख एवं भ्रमण बर्ष कार्यसम्पादन समिति सयोजक चित्रसेन अधिकारीले निजि क्षेत्रको अपनत्व हुने गरि भ्रमण बर्षको आयोजना गरिएको जानकारी दिनु भयो । सबैको साझा लक्ष्य र उद्वेश्य अनुसार भ्रमण बर्षको आयोजना गरिएको हो अधिकारीले भन्नुभयो,निजी क्षेत्रलाई सबल, सक्षम र चलायमान बनाउन भ्रमण बर्षको अवधारणा ल्याइएको हो ।

    कार्यक्रमलाई समापन गर्नुहुदै नगर प्रमुख एवं भ्रमण बर्ष मुल समारोह समिति सयोजक रेनु दहालले निजि क्षेत्र र महानगरबासिको लागि भ्रमण बर्ष एक महत्त्वपूर्ण शब्दकोष भएको टिप्पणी गर्नुभयो । शब्दकोषमा खोजे जति शब्दहरु पाए जस्तै भ्रमण बर्षमा पनि निजी क्षेत्रले खोजे जति अवसर पाउनेमा महानगरपालिका ढुक्क रहेको बताउनु भयो । भ्रमण बर्षका लागि महानगरपालिकाले २१ वटा प्रमुख पर्यटकीय गन्तव्यहरु,७ वटा लेकसाइड सर्किट र ११ वटा धार्मिक सर्किटको नामाकरण गरि ब्यबस्थापन गर्ने काम गरिरहेको छ ।

    आगामी फागुन १८ गते अर्थात मार्च १ तारीखका दिन नारायणगढको नारायणी नदि किनारमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले भब्य तामझामका साथ भ्रमण बर्षको उद्वघाटन गर्ने कार्यक्रम रहेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.