• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना : प्रमुख रेनु दाहाल

  •   सोमबार, माघ १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिएको बताउनुभयो । होटल व्यवसायीसँग सोमबार भरतपुर भ्रमण वर्ष २०२४ को विषयमा आयोजना गरिएको छलफलमा प्रमुख दाहालले भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न भ्रमण वर्ष आयोजना गरिएको स्पष्ट पार्नुभयो । ‘भरतपुरमा अहिले पनि पर्यटक आईरहनु भएको छ,उहाँले भन्नुभयो,‘भरतपुरलाई विश्वसामु चिनाउन उत्सवको रुपमा यो कार्यक्रम गर्न लागिएको हो ।

    भरतपुर नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो भनी विश्वलाई सन्देश दिने कार्य हुदैछ ।’ यसका लागि महानगरपालिकाले भ्रमण वर्षको एप, ब्रुसर, स्टिकर,बुकलेट, भिडियो सामाग्री, विभिन्न स्थानमा म्याप बोर्ड राख्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ठ व्यक्तित्व, संघ, संस्था, व्यवसायीलाई निम्तो बाड्ने काम गरिसकेको छ । भरतपुर भ्रमण वर्षका लागि निर्माण भएका पर्यटकीय पूर्वाधारले भरतपुरवासीलाई प्रत्यक्ष, अप्रत्यक्ष लाभ पुग्ने प्रमुख दाहालले बताउनुभयो।

    भ्रमण वर्षका लागि भरतपुर ६ देव नगरमा निर्माण गरिएको ‘ओपन जु’ सन् २०२४ मा मात्र नभई सधैका लागि प्रत्यक्ष रुपमा बाघ हेर्ने स्थल हुने उहाँको भनाइ छ । ऐतिहासिक दियालो बंगला भ्रमण वर्षपछि पनि सधै खुला रहने भएकाले यो भरतपुरको उत्कृष्ट पर्यटकीय गन्तव्य हुन सक्ने प्रमुख दाहालले बताउनुभयो। महानगरपालिकाको अथक मिहिनेतपछि यो दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु निर्माण र खुला गर्न सकिएको प्रमुख दाहालले जानकारी दिनुभयो ।

    दियालो बंगलाको स्तर उन्नतीको लागि ठेक्का आह्वान भई सकेको र भ्रमण वर्षको १० दिन अगाडि पछाडि खुला हुने गरी काम अघि बढेको उहाँले बताउनुभयो । भरतपुरमा जीप सफारी, जङ्गल सफारी,डुङ्गा सफारी, प्याराग्लाडिङ, मौलाकालिका केवलकारजस्ता धेरै पर्यटकीय गतिविधि गर्न सकिने भएकाले भरतपुर नेपालको प्रम्ुख पर्यटकीय गन्तव्य बन्ने दिशामा अगाडि बढेको उहाँले बताउनुभयो ।

    भ्रमण वर्षको अवधिमा भरतपुरमा धेरै वटा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कार्यक्रमहरु आयोजना हुदाँ ठुलो संख्यामा पर्यटक यहाँ आउने भएकाले पहुनालाई उत्कृष्ट सत्कार गर्न होटल व्यवसायीको भूमिका महत्वपूर्ण हुने प्रमुख दाहालले बताउनुभयो । भ्रमण वर्षको एक वर्षको अवधिमा यहाँ आउने पाहुनालाई विषेश छुटसहितको प्याकेज घोषणा गर्न प्रमुख दाहालले अनुरोध गर्नुभयो । यसको निर्यक्यौल छिटो दिएको खण्डमा अहिलेबाटै प्रचारप्रसार गर्न सजिलो हुने धाराणा राख्नुभयो ।

    सबैको सहयोगबाट मात्रै भ्रमण वर्ष सफल हुने भन्दै प्रमुख दाहालले भरतपुरले भ्रमण वर्ष आयोजना गरेको भएपनि सम्पूर्ण निजी क्षेत्रका व्यवसायी, चितवनवासी, जिल्लाका सम्पूर्ण पालिकाको रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा होटल व्यवसायीहरुले भ्रमण वर्षको अवसरमा विषेश प्याकेज ल्याउन सकारात्मक रहेको बताए ।

    उनीहरुले अहिले १५ प्रतिशत छुटको व्यवस्था रहेको भएपनि भ्रमण वर्षलाई लक्ष्ति गरी विषेश अफर ल्याउने उल्लेख गरे । भरतपुर भ्रमण वर्षमा धेरै भन्दा धेरै पर्यटक भरतपुर ल्याउन नेपालका ट्राभल ऐजेन्सीसँग अबको केही दिनमै छलफल गर्ने महानगरपालिकाको तयारी छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.