चितवन । चमेलीदेवी पिया माध्यमिक विद्यालय भरतपुर ३ का छात्र छात्रालाई विद्यालय पोशाक तथा न्यानो कपडा वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. ३ ले १० लाख बराबरको पोशाक ५ सय जना छात्र छात्रालाई प्रदान गरिएको भरतपुर महानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विकास थापाले जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक प्रसाद लामिछाने, प्रधानाध्यापक प्रदिप काफ्ले, सह–प्रधानध्यापक उपेन्द्र बाबु ढकाल, वडा शिक्षा समति सदस्य सचिव हिरामनी चापागाई, वडा सदस्य राम लोहनी ् माधव अर्याल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम भरतपुर ३ का वडा सचिव माधव सुवेदीले सञ्चालन गरेका थिए ।








