• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

पर्यटकीय नगरी सौराहामा थारु कलाकार मञ्चको महाधिवेशन हुने

  •   बिहिबार, माघ २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर  । राष्ट्रिय थारु कलाकार मञ्चको प्रथम महाधिवेशन चितवनको पर्यटकीय नगरी सौराहामा हुने भएको छ । मञ्चले यही माघ माघ २७ र २८ गते सौराहामा महाधिवेशन गर्न लागेकाे हो । मञ्चले विहीबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारीका बारेमा जानकारी दिएको हो । महाधिवेनमा नयाँ नेतृत्व चयनसंगै थारु समुदायको परम्परागत संस्कृति तथा खानाको संरक्षणको लागि बहस गरिने छ । महाधिवेनमा २६ जिल्लाका १३० जना प्रतिनिधि र २६ जना परिवेक्षकको भाग लिनेछन् ।

    महाधिवेशनमा भने ४ हजार बढी कलाकार तथा थारु समुदायका अगुवाहरु विभिन्न जिल्लाबाट सौराहा आउने छन् । महाधिवेशनमा नयाँ नेतृत्व चयनसंगै थारु संस्कार संस्कृति, पहिचान र परिकारलाई प्रवद्र्धन गर्ने मञ्चका अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिए । पाँच वर्षअघि गठन भएको मञ्चले थारु कलाकारहरुको क्षमता अभिबृद्धि, पेशागत सुरक्षामा क्रियाशिल रहेको उनले बताए । मञ्चले थारु भाषा, कला र संस्कृतिको संरक्षण, सम्र्बद्धन गर्न र थार समुदायमा रहेको प्राचीन सम्पदा जोगाउन पनि सक्रिय रहेको अध्यक्ष चौधरीको भनाई छ ।

    अधिवेशनको उद्घाटनमा थारु पौराणिक लोकनाच, लोकगीत, बाजासहित थारु पहिरन र गहनासमेत लगाएका ५० वटा झाँकी प्रस्तुत गरिने उनले बताए । दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा क¥या चोल्या, उज्जर गोन्यामा सजिएर थारु मन्द्रा, मञ्जौराको तालमा नाचिने सख्या नाच, चितवनको लठ्ठी नाच, उदयपुर, सप्तरी, सिराहा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्सा, सुनसरी, मोरङ, झापामा प्रचलित धुमरा चोरखेली नाच अधिवेशनमा प्रस्तुत हुनेछन् ।

    थारुका आधुनिक र व्यवसायिक सिर्जनाका साथै प्राचीन गीत, संगित र नृत्य नाटकहरुलाई पनि प्रचार गर्ने अध्यक्ष चौधरीले बताए । लोकबाजाहरु मन्द्रा, मन्जौरा, झालर, झाली, कस्तार, चत्कौली, बस्या, घुघ्ना, घुंघुरु, डफ, डफ्ली, मृदंग, हर्मोनियम, बोसलीको पनि संरक्षण आवश्यक भएको अध्यक्ष चौधरीले बताए । अधिवेशनमा मौलिक सिर्जना र साधनहरुका बारेमा परिचर्चाहरु हुने उनले बताए । त्यसैगरी थारु समुदायका विशेष खाना ढिक्री, घोङ्गी, खिचरी, तिलको लड्डु आनदीको भात, भक्का, केराको तरुवा, खँरिया, बरिया, अन्डीको रोटी, झझरा रोटी, सिद्रा माछा, बङ्गुरको मासु, हाँसको मासु, बयरको चट्नी, अचार अधिवेशनमा उपलब्ध गराउने अध्यक्ष चौधरीले बताए ।

    थारु नेपालको आदिवासी समुदाय हुन् । नेपालको पूर्वीदेखि पश्चिमसम्मको तराई क्षेत्रमा थारु समुदायको बसोबास छ । राष्ट्रिय थारु कलाकार मञ्चको नेपालका २६ जिल्लामा संगठन भएको महासचिव रोशन रत्गैंयाले जानकारी दिए । महाधिवेशनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने महासचिव रतगैंयाले बताए । नेपालमा ७७० जना थारु समुदायका कलाकारहरु रहेको अनुमान रहेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.