• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

जिल्लाका समस्या समाधान गर्न पालिका प्रमुखहरुको प्रतिबद्धता

  •   शनिबार, माघ २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाका सबै पालिकाबीच समन्वय गरेर अघि बढ्न पालिका प्रमुखले ऐक्यबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको सातौँ जिल्लासभामा पालिका प्रमुखले जिल्लामा देखिएका समस्या समाधानका लागि सबैले समन्वय गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् । पछिल्लो समय वन, राष्ट्रिय निकुञ्ज, राजमार्ग र विद्युत्मा धेरै समस्या आएको भन्दै प्रमुखको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरी छलफल गर्नुपर्ने सभामा जनाइएको थियो ।

    अहिले यी क्षेत्रमा देखिएका समस्या समाधानका लागि महानगर प्रमुखको नेतृत्वमा सबै पालिकाका प्रतिनिधिले प्रधानमन्त्रीलाई जानकारी गराई समस्या समाधानका लागि पहल गर्ने जनाएका हुन् । जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न जिल्लासभामा पालिका प्रमुखले समग्र जिल्लाको विकासका लागि सबै पालिकाबीच भगिनी सम्बन्ध स्थापित गरी अघि बढ्नुपर्ने बताउनुभएको थियो । महानगर प्रमुख रेनु दाहालले अहिलेको मुख्य समस्या दुग्ध उत्पादक किसानको रहेकाले यसलाई समाधान गर्न सबै पालिका मिलेर लाग्नुपर्ने बताउनुभयो ।

    जिल्लामा गरिने अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने भन्दै उहाँले अनुगमनका क्रममा देखिएका कुरा छलफल गरी समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । महानगरले घोषणा गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ लाई प्रभावकारीरुपमा सम्पन्न गर्न, विमानस्थल विस्तार, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणलगायत काममा सबै पालिकाको साथ र सहयोग आवश्यक रहेको प्रमुख दाहालले बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले चितवन राष्ट्रिय निकुञ्ज र पालिकाको बीचमा समन्वय हुन नसक्दा जनताले दुःख पाइरहेका बताउनुभयो । निकुञ्जसँग पालिकाको समन्वय प्रभावकारीरुपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

    खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाले राष्ट्रिय योजना आयोगमा चितवनका अतिआवश्यक भौतिक योजना निर्माणका लागि बजेट माग गर्न जरुरी रहेको बताउनुभयो । तीनै तहका सरकारले समन्वय गरी अतिआवश्यक योजना निर्माणमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र घोषणा भए पनि काम अघि बढ्न नसक्दा समस्या भएको बताउनुभयो । यो सञ्चालनका लागि सबै एक भएर दबाब दिन आवश्यक रहेको उहाँले बताउनुभयो । राप्ती नगरपालिका प्रमुख शमशेर लामाले जिल्लाको धारणा एउटै बनाएर अघि बढ्नसके विकास, निर्माणमा सहज हुने बताउनुभयो ।

    पालिकामा समस्याको चाङ रहेको बताउँदै उहाँले यी समस्या समाधानका लागि सबै पालिकाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । माडी नगरपालिका उपप्रमुख खेमप्रसाद महतोले हुलाकी सडकको स्तरोन्नति, निकुञ्जभित्रको सडकलगायत योजना बन्न नसक्दा माडीवासीले दुःख पाएका बताउनुभयो । इच्छाकामना गाउँपािलका प्रमुख दानबहादुर गुरुङले तीन तहका सरकारको समन्वय प्रभावकारीरुपमा हुन नसक्दा विकास निर्माणले गति लिन नसकेको बताउनुभयो ।

    सङ्घ र प्रदेशका आयोजना आफ्नो ढङ्गले अघि बढाउँदा समस्या भएको उहाँको भनाइ थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले अहिलेको विकासले देशमा रोजगारी सिर्जना, विभेदलाई न्यूनीकरण र वर्गीय सन्तुलन कायम गरिरहेको बताउनुभयो । दोस्रो जिल्ला समन्वय समिति गठनपछि यो समितिले हालसम्म २२ वटा बैठक बसेको उहाँले जानकारी दिनुभयो ।

    ती बैठकले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गा अनधिकृतरुपमा कब्जा गरिएका ठाउँमा सोसम्बन्धी मुद्दाको फिराद दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको, मिर्गाैला पीडितको समस्या समाधानका लागि छलफल गरिएको, इच्छाकामना गाउँपालिकामा १५ श्ययाको अस्पताल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयललाई सिफारिस गर्नेलगायत काम गरेको अधिकारीको भनाइ छ ।

    कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कल्पना काफ्ले सापकोटा, रत्ननगर नगरपालिका उपप्रमुख यादव पाठकलगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.