• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

भरतपुरका तामाङले मनाए ल्होछार, जेष्ठ नागरिक लामालाई सम्मान

  •   आइतबार, माघ २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तामाङ समुदायहरुको महान पर्व मञ्जुश्री सम्वत् २८६० सोनाम ल्होछार शनिबार चितवन जिल्ला लगायत देशैभर भव्यताकासाथ मनाइएको छ । जिल्लाको भरतपुर महानगर स्थित भरतपुर नगर तामाङ समाजले पनि सोनाम ल्होछारको अवसर पारेर शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरी मनाएको हो । कार्यक्रम बागमती प्रदेशका सभासद तथा प्रमुख अतिथि ईश्वर सापकोटाले नामसाल (दियो) प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।

    प्रमुख अतिथि सापकोटाले तामाङ समाजको हकहित लागि आवश्यक पर्ने जुनसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तामाङकै छोरा कुलमान घिसिङका कारण बिजुलीको समस्या समाधान भएको उदाहरण दिँदै सबैलाई जागरुक हुनुपर्नेमा जोड दिए । पछिल्लो समय धर्म, संस्कार र संस्कृतिका लागि तामाङहरु एकजुट हुँदै गएको र अझ बढी लाग्नुपर्ने उनको भनाइ थियो । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय सेलो गायक आसमान लोप्चन, निमा पाख्रिन, सेलो गायिका रोशना लिम्बुलगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

    उनीहरुको बेजोड प्रस्तुतिले दर्शकलाई छमछमी नचाएका थिए । सोही अवसरमा नागरिक तथा लामा गुरु नरबहादुर लामालाई सम्मान गरिएको थियो । सँगसँगै संस्थागत योगदान पुर्याउने व्यक्तित्वहरु पनि सम्मानित भएका थिए । कार्यक्रममा आर्थिक सहयोग प्रदान गर्ने व्यक्तित्वहरुको नाम वाचन गरिएको थियो भने स्वतःस्फूर्तमा सहयोग पनि जुटेको थियो । कार्यक्रममा भरतपुर नगर तामाङ समाजका अध्यक्ष सूर्यप्रकाश लामाले प्रमुख अतिथि सापकोटालाई मायाको चिनो प्रदान गरेको थियो ।

    सँगसँगै गायक लोप्चन, पाख्रिन, गायिका लुङ्बा र कार्यक्रम संचालिका प्रिती तामाङलाई पनि मायाको चिनो दिइएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० वडाध्यक्ष परमेश्वर खनाल, भरतपुर नगर तामाङ समाजका पूर्व अध्यक्ष गंगालाल लामा, उपाध्यक्ष निरबहादुर लामा, नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष श्रीप्रसाद तामाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए । भरतपुर नगर तामाङ समाजका संस्थापक अध्यक्ष दिलमाया लामा, निवर्तमान अध्यक्ष पासाङ तामाङ, चितवन घेदुङका पूर्वअध्यक्ष मोहन स्याङ्बो, छेच्यु थर्पलिङ गुम्बाका पञ्चबहादुर तामाङ, दुधपोखरी बौद्ध समाजका सचिव गोपीराज तामाङ लगायतको उपस्थिति थियो ।

    कार्यक्रम संस्थाका अध्यक्ष सूर्यप्रकाश लामाको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव सीताराम मोक्तानले संचालन गरेका थिए । समाजले विगत डेढ दशकदेखि भोजाड गुम्बामा ल्होछार पर्व मनाउँदै आएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.