• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

पहाड छिचोलेर पानी आउँदा दङ्ग छन् रोमनटारका बासिन्दा

  •   सोमबार, माघ २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सधैँ सुक्खा रहने हेटाँैडा उपमहानगरपालिका–१२ रोमनटारका बासिन्दा अहिले खोलाबाट एक सय ३५ मिटर पहाड छिचोलेर जग्गामा पानी पुग्दा दङ्ग छन् । कोदो र मकैमात्रै उत्पादन हुने यस क्षेत्रमा सिँचाइको व्यवस्था भएसँगै स्थानीयले बारी बिराएर विभिन्न किसिमका खेती गर्दै आएका छन् । स्थानीय पुरुषोत्तम पुडासैनी अहिले आफ्नै बारीमा व्यस्त हुनुहुन्छ । सिँचाइको सुविधा भएपछि अहिले उहाँलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ ।

    उहाँले भन्नुभयो, “यो जग्गामा पानी आएर सिँचाइ हुन्छ जस्तो लागेको थिएन, अहिले त हामी हर्षित छौँ ।” सिँँचाइको अभावका कारण घर चलाउन लामो समयसम्म वैदेशिक रोजगारीमा गएको सुनाउँदै उहाँले अब भने यही कृषि कर्ममा रमाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मकै र कोदो लगाउने हामीले यस वर्षदेखि धानखेती गर्न पाएका छौँ, आफ्नै उत्पादनले छ महिनासम्म पनि खान नपुग्ने हामीलाई अहिले धान उत्पादन हुन थालेपछि खानका लागि सस्सया नहुने भएको छ ।”

    सिँचाइको व्यवस्था भएपछि आफूले २६ क्विन्टल आलु बिक्री गरिसकेको जनाउँदै उहाँले अझै १० क्विन्टल आलु बिक्रीका लागि तयारी भइरहेको बताउनुभयो । अहिले यहाँका स्थानीयले गहुँ, मकै, तोरी, धान र तरकारी लगाउने गरेका छन् । रोमनटार लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष हीरामणि चौलागाईं आफ्नो विसं २०५८ देखिको प्रयास अहिले आएर सफल भएको बताउनुहुन्छ । सिँचाइका लागि केही स्थानमा पाइप जडानको काम बाँकी रहे पनि गत साउनदेखि आयोजनामार्फत सिँचाइका लागि पानी कृषकको घर आँगनमा आउँदा निकै हर्षित भएको उहाँले बताउनुभयो । चौलागाईंले भन्नुभयो, “आकाशे पानीका भरमा बस्नुपर्ने हामीले अहिले सिँचाइका लागि कुनै समस्या छैन ।”

    चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले सिँचाइको व्यवस्था गरेसँगै यस क्षेत्रको एक सय ५० बिघा सुक्खा क्षेत्र सिञ्चित भएको उहाँले बताउनुभयो । ठूलो खडेरीमा यस क्षेत्रमा मकै लगाउन नपाउने यहाँका कृषक अहिले तीन बाली खेती गर्न थालेका छन् । सिँचाइबाट दुई सय परिवारभन्दा बढी लाभान्वित भएका छन् । सिँचाइका लागि सीताकाली खोलाबाट पहाड छिचोलेर पानीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीले तरकारीखेती गरिरहेका छौँ, अब मकै, धानलगायत बाली समयमा नै लगाउन पाउनेछौँ ।”

    सिँचाइको सुविधाले जिल्ला बाहिर रहेका छोराबुहारीलाई गाउँ बोलाउने तयारीमा रहेको उहाँले बताउनुभयो । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले खोलाको पानीलाई केन्द्रिकृत गरेर सिँचाइको व्यवस्था गरिएको बताउनुभयो । रु एक करोड २० लाखको लागतमा पहाडमा पानी पु¥याउन सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एमएस केसिङ प्रणालीबाट सिँचाइको व्यवस्था गरिएको छ ।”

    त्यसमा फलामको बाकस बनाएर खोलाको पानीलाई सञ्चित गरेर जमिनमुनि पाँच मिटर गहिरो खाल्डो खनी पाइपका माध्यमबाट पानी पहाडी क्षेत्रमा पु¥याइएको उहाँले जानकारी दिनुभयो । यस्तै मकवानपुरको बकैया गाउँपालिकामा रहेको नयाँ दमार उपभोक्ता समितिले निर्माण गरेको आयोजना र बागमती गाउँपालिकामा राईगाउँ बजार लिफ्ट सिँचाइ आयोजनाले निर्माण गरेको आयोजना पनि सम्पन्न भएका छन् । अन्य दुई आयोजना निर्माणको चरणमा रहेका छन् ।

    आर्थिक वर्ष २०७९÷८० को योजनाअनुसार काम गरिएको उहाँको भनाइ छ । पानीको अभावका कारण सिँचाइको सुविधा पाउन नसकेका जनतालाई सिँचाइको व्यवस्था मिलाएर कृषि उत्पादनमा आकर्षित गर्न लागेको उहाँले बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.