• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

धुलोले दाउन्नेको व्यापार चौपट

  •   मङ्गलबार, फागुन ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । विगतमा जुनसुकै बेलामा पनि चहलपहल भइरहने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने क्षेत्रका होटल अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डबीचको जङ्गल क्षेत्रमा रहेको यो ठाउँमा धुलाम्य सडकका कारण व्यापार चौपट भएको छ । धुलोले व्यापार व्यवसाय ह्वात्तै घटेको छ । प्रायः भरिभराउ नै रहने यहाँका होटल सडक विस्तारको काम सुरु भएसँगै अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुरको पश्चिम सिमाना दाउन्नेका व्यवसायीमा निराश छन् ।

    बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम समयमै नसकिँदा राजमार्ग आसपासका धेरै व्यवसायीले ठूलो नोक्सानी बेहोर्नु परेको छ । विसं २०४६ देखि होटल सञ्चालन गर्दै आउनुभएका बेलबहादुर राई मगरले धुलोकै कारण सवारीसाधन दाउन्नेमा रोकिन कम भएपछि व्यवसायमा असर परेको बताउनुभयो । “यहाँ गाडी कमै रोकिन्छन्, धुलोका कारण यहाँ खाना खान कोही चाहँदैनन्”, उहाँले भन्नुभयो । विस्तारका क्रममा सडक खन्नथालेपछि उडेको धूलोका कारण यहाँ व्यापारमा घाटा हुन थालेको छ ।

    स्थानीय होटल व्यवसायी रचुन श्रेष्ठले सडक विस्तारको काम सुरु हुनु अगाडि दाउन्नेका होटल यात्रुले भरिभराउ हुने गरेका बताउनुभयो । राभभर यात्रुलाई खाना खुवाउन जाग्राम रहेको विगत उहाँले सुनाउनुभयो । श्रेष्ठका अनुसार दाउन्नेका होटल व्यवसायी हाल फुर्सदिला भएका छन् । “कुनै बेला यात्रुलाई खाना खुवाउन बस्ने ठाउँ नै हुँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले भने कतिबेला ग्राहक आउँछन् र खाना खुवाउन पाइएला भनेर कुरेर बस्नुपर्ने अवस्था छ ।”

    सडक विस्तारको क्रममा उड्ने धुँवा र धुलोका कारण दाउन्ने क्षेत्रका होटलमा पहिलेको तुलनामा ३० प्रतिशतमात्रै व्यापार हुने गरेको श्रेष्ठको भनाइ छ । सडक विस्तार गर्न भनेर गैँडाकोटदेखि बुटवलसम्म नै सडक भत्काइएको छ । सडकमा पहिला गरिएको कालोपत्र फाल्नका लागि सडक जोतेपछि सडकमा खाल्डाखुल्डी र धुलोका कारण सडक किनारका होटलमा खाना खानसक्ने अवस्था छैन । विगत ३० वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएकी व्यवसायी शान्ता श्रेष्ठले देख्न नसकिने गरी धुलो उड्ने गरेको र त्यो सबै धुलो होटलभित्र पस्ने गरेको बताउनुभयो ।

    विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने दाउन्नेमा अहिले टहरासहित करिब दुई सय ५० होटल तथा पसल छन् । सडक विस्तार सुरुहुनु अगाडिसम्म दाउन्नेमा व्यापार फष्टाएको थियो । बुटवल–नारायणगढ सडक विस्तारसँगै धुलोले यहाँको व्यापारमा कमी आएको हो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.