• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

चुनौति बन्दै चितवनमा सवारी दुर्घटना

  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा दुर्घटना र यसबाट हुने क्षतिको अनुपात बढेको छ । अघिल्लो वर्षमा यस वर्ष भएको दुर्घटना र यसबाट भएको मानवीय क्षति बढेको देखिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले चालु आवको ६ महिनाको अवधिमा चितवनमा दुई सय २३ वटा दुर्घटना भएकोमा ५७ जनाको ज्यान गएको बताउनुभयो । उहाँकाअनुसार अघिल्लो वर्ष जिल्लामा जम्मा ३०३ वटा दुर्घटना हुँदा ७८ जनाको ज्यान गएको थियो ।

    सडकको अवस्था तथा तीव्र गतिका कारण सवारीसाधनहरु दुर्घटनामा पर्ने गरेको भन्दै सुवेदीले चालक सचेत भएको अवस्थामा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको बागमती प्रदेशस्तरीय ट्राफिक सप्ताह समापनका क्रममा सुवेदीले जिल्लामा दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम, प्रशिक्षण, सवारीसाधनको भाडादर तथा आरक्षण सिटको अनुगमन, चालक सहचालक प्रशिक्षण, सिट क्षमताभन्दा बढी यात्रु राखेकोबारे अनुगमन, चालकको स्वास्थ्य परीक्षण, रक्तदान तथा दीप प्रज्ज्वलन गरिएको बताउनुभयो ।

    सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले स्वरुप परिवर्तन गरी चर्को आवाज बनाउने र पड्काउँदै हिँड्ने मोटरसाइकललाई प्रहरीले कडा निगरानीमा राखेको बताउनुभयो । स्वरुप परिवर्तन गर्दै हिँड्ने मोटरसाइकललाई प्रहरीले पक्राउ गरी जरिवाना तिराउने गरेको भण्डारीको भनाइ छ । सवारीसाधन चलाउँदा मादक पदार्थ सेवन गरेको पाइएकाले यसको नियन्त्रणका लागि कडाइका साथ संयुक्तरुपमा ट्राफिक परीक्षण हुने गरेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक शिक्षा अनिवार्य भएको बताउनुभएको छ । कारबाहीले मात्रै ट्राफिक व्यवस्थापन गर्न नसकिने भन्दै यसमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको उहाँले बताउनुभयो । वर्षमा सात दिनमात्रै ट्राफिक सप्ताह गरेर दुर्घटना न्यूनीकरण नहुने भन्दै उहाँले यसप्रकारको कार्यक्रमलाई नियमित अगाडि बढाउँदै लैजाने बताउनुभयो ।

    सो कार्यक्रममा सहभागी यातायात क्षेत्रका प्रतिनिधिहरुले ड्राइभिङ शिक्षालाई विद्यालय शिक्षामा समावेश गरेर अगाडि बढाउन सकेमा दुर्घटना र यसबाट हुने क्षतिको न्यूनीकरण हुने जोड दिएका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.