• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

उद्योग वाणिज्य संघ-चितवनको स्थापना दिवस : करदाता सहायकता कक्षदेखी विभिन्न व्यवसायिक फर्ममा छुटको व्यवस्था

  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उद्योग वाणिज्य संघ-चितवनले आज बुधबार विविध कार्यक्रमको आयोजना गरि ६४ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम देखी करतदाता सहायताकक्षको उद्घाटन, दिपप्रज्ववलन लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानहरु सँग छुटको सम्झौता गरि मनाएको हो । स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपुर्‍याउनको लागि अग्रजहरुले खेल्नुभएको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताउनुभयो ।

    अध्यक्ष श्रेष्ठले यस क्षेत्रको कृषि, शिक्षा , स्वास्थ्य र पर्यटनको विकासका साथै संघमा आवद्ध सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर कार्य गर्ने बताउनुभयो । श्रेष्ठले स्थापना दिवसको अवसरमा संघमा आवद्ध सम्पूणर् सदस्यहरुको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि संघका पूर्व अध्यक्ष एवम् सम्पती संरक्षण कोषका अध्यक्ष के.एल. भुषणले विगतका दिनहरुलाई स्मरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुुुनुभन्दा पहिलानै परिकल्पना गरिएको यस संघले लामो यात्रा पार गर्न सफल भएको बताउनु भयो ।

    उहाँले व्यवसायीको हक, हितको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्दै व्यवसायिक ऐक्यवद्धता जाहेर गर्ने उद्देश्यले स्थापित उद्योग वाणिज्य संघ चितवन आज यस क्षेत्रको सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकासको संवाहकको रुपमा स्थापित भएको बताउंदै अग्रज लगायत पूर्व कार्यसमिति र वर्तमान कार्यसमितिलाई हार्दिक आभार ब्यक्त गर्नुभयो । उहाँले हालै सम्पन्न ५७ औँ वार्षिक साधारण सभा एवम् अधिवेशन वाट नवनिर्वाचित अध्यक्ष एवम् कार्यसमितिलाई बदाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष प्रचण्डलाल प्रधानले उद्योग वाणिज्य संघ-चितवनको इतिहासको बारेमा जानकारी गराउदै संघले व्यवसायीहरुको हक, हितका साथै चितवन जिल्लालाई विकास गर्ने क्रममा भौतीक पुर्वधार निर्माण गर्ने कार्यमा समेत अग्रणी भुमिका खेलेको बाताउनु भयो । होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले संघको स्थापना दिवसमा वोल्ने अवसर दिएकोमा संघलाई धन्यवाद दिदै उहाँले व्यवसायीहरुको हक हितको लागि लागेकोमा संघ प्रति हार्दिक आभार व्यक्त गर्दै आन्तरिक राजश्व कार्यालयमा कर सहायता कक्ष सञ्चालन गरी व्यवसायीहरुलाई सेवा दिन सुरु गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

    स्थापना दिवसको कार्यक्रममा संघले ६४ वटा दिप प्रज्वलन गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ७१ जना व्यवसायीहरुले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् । सोही कार्यक्रमको अवसरमा उद्योग वाणिज्य संघ-चितवनमा आवद्ध सदस्यहरुलाई छुट सेवा दिने उद्देश्यले भरतपुर गार्डेन रिसोर्ट प्रा. लि., अशोका रिसोर्ट प्रा. लि., ग्यालेक्सी गार्डेन रिसोर्ट प्रा. लि., रोज गार्डेन रिसोर्ट प्रा.लि., निको चिल्डेन हस्पिटल र चितवन मुटु हस्पिटल सँग सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भरतपुर गार्डेन रिसोर्ट प्रा. लि.का तर्फबाट अध्यक्ष उत्तमलाल चुकेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

    अशोका रिसोर्ट प्रा. लि.को तर्फवाट अध्यक्ष सञ्जय अधिकारी, ग्यालेक्सी गार्डेन रिसोर्ट प्रा. लि.का तर्फबाट म्यानेजिङ्ग डाईरेक्टर नविल कंडेल, रोज गार्डेन रिसोर्ट प्रा.लि. का म्यानेजिङ्ग डाईरेक्टर सुर्यनारायण पौडेल, निको चिल्डेन हस्पिटलका तर्फबाट म्यानेजिङ्ग डाईरेक्टर धनबहादुर श्रेष्ठ र चितवन मुटु हस्पिटलका तर्फबार्ट अध्यक्ष डा. शंकर लौडारीले हस्ताक्षर गर्नुभएको थियो भने उद्योग वाणिज्य संघको तर्फ अध्यक्ष सुमनकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    हस्पिटालिटि सेवामा १५ देखी २० प्रतिशत र स्वास्थ्य सेवामा निको चिल्डेन हस्पिटलमा १५ प्रतिशत र चितवन मुटु हस्पिटलमा २० प्रतिशत संघका सदस्यलाई छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । छुट सुविधा लिनको लागि उद्योग वाणिज्य संघ-चितवनबाट उपलब्ध गराएको परिचय पत्र चाहिने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभयो । कार्यक्रममा संघका पूर्वअध्यक्ष देशीराम प्रधान, प्रचण्डलाल प्रधान, रमेशकुमार पिया, उत्तमलाल चुके , राजन गौतम, सहनलाल प्रधान, राजु श्रेष्ठ लगायत संघका पदाधिकारी, कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, संघका साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो ।

    संघमा आयोजित स्वास्थ्य परिक्षण कार्यक्रमको लागि नेसनल सिटि हस्पिटल भरतपुरले सहयोग गरेको सचिवालयले जनाएको छ । उद्योग वाणिज्य संघ-चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो । संघको परिसरमा आयोजित समारोह पश्चात संघले आन्तरिक राजश्व कार्यालय चितवनमा करदाता सहायता कक्षको उद्घाटन गरेको छ ।

    करदाता सहायता कक्षको संघका पूर्वअध्यक्ष राजन गौतम र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । संघमा आवद्ध सदस्य लगायत उद्यमी व्यवसायीलाई कर दाखिला गर्ने लगायत अन्य कर संग सम्बन्धित विषयमा सहयोग गर्नका लागि आन्तरिक राजश्व परिसरमा सहायता कक्ष स्थापना गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनु भयो ।

    करदाता सहायता कक्षबाट कर तथा राजश्व सम्बन्धि परामर्श दिने, व्यक्तिगत पान लिने , डे वान डे टु विवरण भर्ने लगायत साना व्यवसायीहरुलाई केन्द्रित गरि सेवा प्रदान गर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनु भयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.