• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

‘सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध सुदृढ हुनुपर्छ’

  •   बिहिबार, फागुन ०३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय समाचार समितिको ६३औँ वार्षिकोत्सव तथा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को सन्दर्भमा आज यहाँ आयोजित ‘मन्त्रालय तथा संवैधानिक निकायका प्रवक्तासँगको अन्तरक्रिया’को उद्घाटन गर्दै उहाँले नागरिकलाई सत्यतथ्य, विश्वसनीय र आधिकारिक सूचना उपलब्ध गराउन सरकार र सञ्चारमाध्यमले सहकार्य गर्नुपर्ने बताउनुभयो ।

    मन्त्रालय तथा निकायका प्रवक्ताको मुख्य जिम्मेवारी सही सूचना सम्प्रेषण गर्ने रहेको उल्लेख गर्दै उहाँले आधिकारिक सूचना सम्प्रेषणमा सञ्चारमाध्यमलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । “समाचारसँग सम्बन्धित सूचना अत्यन्त संवेदनशील हुन्छन्”, उहाँले भन्नुभयो, “आम पाठकलाई सरकारी निकायले दिनसक्ने सूचना सम्प्रेषण गर्न हरसम्भव प्रयास गर्नुपर्छ ।” सञ्चारकर्मी जहिले पनि सूचनाको आधिकारिता प्रमाणित गर्न आतुर रहने सन्दर्भ उल्लेख गर्दै सचिव सुवेदीले पत्रकारको बाध्यतालाई बुझेर सहयोग गर्न प्रवक्तालाई आग्रह गर्नुभयो ।

    मन्त्रालयले थालनी गरेका नवप्रवर्तनका काम, मुलुकले अख्तियार गरेका नीति, रणनीतिलगायतका सम्बन्धमा जनतासमक्ष ल्याउन प्रवक्ताको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सूचना र समाचार लोकतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै सूचना सम्प्रेषणमा प्रवक्ता र राससको समान भूमिका रहेको बताउनुभयो । समाचार छिटो दिने नाममा राससले हतार नगर्ने उल्लेख गर्दै उहाँले सूचनाको प्रमाणीकरणका लागि केही ढिला हुनसक्ने बताउनुभयो ।

    “रासस मन्त्रालय तथा निकायसँग सहकार्य गर्न तयार छ, आवश्यकतानुसार सरकारले राज्यका निकायलाई सही सदुपयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले मन्त्रालयअनुसार सञ्चार रणनीति बनाउन प्रवक्ताहरूलाई सुझाव दिँदै रासससँग सहकार्य गर्न आग्रह गर्नुभयो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले समाचार सम्प्रेषणमा राससलाई सदैव पहिलो प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यद्यपि प्रवक्तासँग पर्याप्त सूचनाको पहुँच नहुनु चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो ।

    रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले प्रवक्ताको सीमितता बुझेर पत्रकार आफ्नो दायित्व निर्वाह गर्नु उचित हुने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले सञ्चारमाध्यमलाई आफूहरूले सदैव उत्प्रेरित नै गरिरहेको उल्लेख गर्दै मानवअधिकार प्रवर्द्धन गर्न सञ्चारमाध्यम आयोगको प्रमुख साझेदार संस्थाका रूपमा रहेको बताउनुभयो । महालेखा परीक्षकको कार्यालयका प्रवक्ता बैकुण्ठबहादुर अधिकारीले सूचना तथा समाचार तथ्यमा आधारित हुनुपर्ने उल्लेख गर्दै समाचार सम्प्रेषणमा धेरै हतार नगर्न आग्रह गर्नुभयो ।

    सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहप्रवक्ता अश्विनकुमार पोखरेलले मन्त्रालयको सूचना सार्वजनिकीकरणमा पहिलो सेवाग्राही राससको भएको उल्लेख गर्दै दुई संस्थाबीचको समन्वयलाई थप प्रगाढ बनाउन तयार रहेको बताउनुभयो । राससका महाप्रबन्धक सिद्धराज राईले राससबारे जानकारी गराउँदै सत्यतथ्य सूचना सम्प्रेष्णमा सहयर्का गर्न अनुरोध गर्नुभयो । राससका प्रधानसम्पादक एकराज पाठकले सत्यतथ्य, विश्वसनीय र आधिकारिक सूचना जनसमक्ष सम्प्रेषण गर्न प्रवक्ता र राससको समान भूमिका रहेको उल्लेख गर्नुभयो ।  राससका समाचारदाता प्रकाश सिलवाल, भीष्मराज ओझा, कालिका खड्का र अशोक घिमिरेले सूचना सम्प्रेषणमा प्रवक्ताहरूले पुर्याउनुभएको सहयोगका लागि अभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्य दह्रिलो बनाइनुपर्नेमा जोड दिनुभएको थियो ।

    छलफलमा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्ट, खानेपानी मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता देवीप्रसाद थपलिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता रामकृष्ण श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहप्रवक्ता लोकहरि बस्याल, लोक सेवा आयोगका सहप्रवक्ता चुरामणि मरासिनी, सहरी विकास मन्त्रालयका सहप्रवक्ता सुरेशकुमार वाग्लेलगायत सहभागी हुनुहुन्थ्यो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.