कावासोती । पुर्वी नवलपरासीकोे कावासोतीमा युवाहरुले बलात्कारका घटना विरुद्ध आँखामा कालो पट्टी बाधेर शान्तिपूर्ण प्रदर्शन गरेका छ्न । आँखामा कालो पट्टि सहित बलत्कार बिरुद्दमा बिभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरिएको हो । पछिल्लो समय बलत्कारका घटना दिननुदिन बढेकोहुदा बालिका लगायत महिलाहरु असुरक्षितहुदै गएको अवस्थामा सरकारले कठोर कानुन बनाउन नसक्दा यस्ता घटनाहरुको बढेको भन्दै सरकारको चर्को आलोचना हुदै आएको छ । युथ काङ्ग्रेस नवलपुरको आयोजनामा गरिएको बिरोध कार्यक्रमका अभियन्ताहरुले तत्काल बलात्कार विरुद्ध कठोर कानुन बनाउन माग गरेका थिए । बलात्कारका घटनालाई लुकाउन आर्थिक प्रलोभन देखाएर मिलापत्र गराउने प्रवृतीले बलात्कारीहरुले झनै प्रसय पाएको भन्दै बलात्कारको घटना घटाउने दोषी र मिलापत्र गराउनेलाई पनि कठोर कानुनी सजाय हुनु पर्ने बिरोद्द कार्यक्रममा उपस्थित भएकाहरुको माग थियो । युवाहरुको अभियानमा सामुदायिक प्रहरी सेवा केन्द्र कावासोती कि अध्यक्ष नारायणी भट्टराई , कावासोती नगरपालिका वडा नं ३ का अध्यक्ष अमृतकुमार श्रेष्ठ , नेपाली काङ्ग्रेस कोभिड९१९ अनुगमन समितिका संयोजक सुरज गुरुङ , नेपाली काङ्ग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरे लगाएतको उपस्थिती रहेको थियो । बलात्कारका घटना दिनप्रतिदिन बढदै जाँदा नवलपुरको गैंडाकोटमा गत असोज २२ गते आफ्नै दाजु द्वारा ७ वर्षे बालिका बलात्कृत भएकी छिन भने बिहिवार राती कावासोतीमा १६ वर्षीय बलात्कृत भएकी छिन ।








