• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

भद्रकुमारी स्कुलको विविध कार्यक्रम गर्दै मनायो वार्षिकोत्सव

  •   मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–५ मा रहेको श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयले विविध कार्यक्रमसहित ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले वार्षिकोत्सवको अवसरमा सोमबार सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरुलाई पुरस्कार वितरण, अभिभावकबीच खेलकुदका कार्यक्रम गरेको विद्यालयकी सहायक प्रधानाध्यापक रोजिना न्यौपानेले जानकारी दिनुभयो ।

    विद्यालयले आयोजना गरेको अभिभावकबीचको खेलकुद प्रतियोगितामा कमला केसी र सन्दिप सुवेदी विजयी हुनुभएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत गर्दै श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले यस विद्यालयलाई जिल्लाकै नमूना बनाउने गरी काम भइरहेको बताउनुभयो । यस विद्यालय भरतपुर महानगरको नमूना विद्यालय भएको भन्दै न्यौपानेले जिल्लाकै नमूना बनाउनका लागि बालमैत्री तथा समावेशी शिक्षा प्रदान गर्ने, अभिभावक र विद्यार्थीको पहिलो रोजाइ यस विद्यालयलाई बनाउने, शैक्षिक, भौतिक र सामाजिक रुपमा उत्कृष्ट विद्यालय बनाउने योजनासहित काम गरिरहेको बताउनुभयो ।

    कक्षा १ देखि कक्षा ७ सम्म अध्ययन हुँदै आइरहेको विद्यालयले यसवर्षदेखि कक्षा ८ मा अध्ययन सुरु गर्ने तयारी भइरहेको प्रअ न्यौपानेले बताउनुभयो । विद्यालयले प्लो ग्रुपदेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको उहाँको भनाइ छ । विद्यालयमा जम्मा चार सय ७२ जना विद्यार्थी अध्ययनरत रहेको उहाँले बताउनुभयो । सो कार्यक्रममा अभिभावकहरुको तर्फबाट मन्तव्य राख्दै अभिभावक तथा आधारभूत विद्यालय ब्रम्हपुरका प्रधानाध्यापक सन्दीप सुवेदीले अभिभावकहरु नियमित विद्यालयमा गएर विद्यार्थीको पढाइबारे चासो राख्नुपर्ने बताउनुभयो । शिक्षकले विद्यालयमा पढाउँदै आफ्नो जिम्मेवारी निर्वाह गरेको अवस्थामा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुने सुवेदीको भनाइ छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर–५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेतका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुहरि खनिया, विद्यालयका सल्लाहकार समिति सदस्य दिनेशचन्द्र आचार्य, गणेश मन्दिर टोल विकास संस्थाका अध्यक्ष डिल्लीराम पन्थ, विद्यालय अनुगमन समितिका श्रीप्रसाद कँडेललगायतले मन्तव्य राख्नुभएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.