काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइतबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको भएको छ र उक्त निम्न चापिय क्षेत्र पश्चिम-उत्तर पश्चिम दिशातर्फ सर्दै जाने देखिन्छ । हाल देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भु-भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, राती देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकि भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








