• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सरकार र डा.केसीबीच सहमतिपछि अनसन तोड्ने

  •   आइतबार, असोज २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका विभिन्न ६ बुँदे माग राखेर २७ दिनदेखि आमरण अनसनमा बसेका डा गोविन्द केसी र सरकारबीच शनिबार राति सहमति भएको छ । डा केसी पक्ष र सरकारी वार्ता टोलीबीच शनिबार राती भएको वार्तापछि ८ बुँदे सहमति भएको हो । सहमतिपछि डा केसीले आइतबार बिहान २८ औँ दिनमा अनसन तोड्ने छन् । शुक्रबार र शनिबार दिनभर आन्तरिक तथा द्विपक्षीय गृहकार्यमा रहेका दुवै पक्षका वार्ता टोली शनिबार राती अबेर मात्र सहमतिमा पुग्न समर्थ भएका हुन् । बिहीबार नै सहमतिनजिक भएको भनिएको वार्ता शुक्रबार बेलुकी भने दुवै पक्ष एकाएक आक्रामक बनेका थिए । शुक्रबार सहमतिनजिक पुगेर वार्ता भाँडिएपछि डा केसी पक्षले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको थियो । सहमतिअनुसार आउँदो शैक्षिक सत्रदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसका कार्यक्रमको पठनपाठन गरिनेछ । कैलालीको गेटामा पनि मेडिकल कलेज स्थापना गरी २०८० भित्रै एमबीबीएस पढाइ थाल्न पनि सरकारी पक्ष राजी भएको छ । एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक आगामी हिउँदे अधिवेशनमा संसदमा पेस गर्न पनि सरकारले प्रतिबद्धता जनाएको छ । अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पर्याप्त बजेट व्यवस्था गर्ने, चिकित्सा अध्यापन थाल्ने लगायतका सहमति पनि सरकारले केसीसँग गरेको छ । बयलपाटा अस्पतालमा निःशुल्क सेवाको व्यवस्था गर्ने, पीसीआर परीक्षण र कोभिड उपचारका लागि सरकारी अस्पतालहरुको क्षमता विस्तार गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ । तर पीसीआर परीक्षण निःशुल्क गर्न भने सरकारले मानेको छैन । जबकि सर्वोच्च अदालतले नै निःशुल्क परीक्षणको व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.