चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षिय पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा २३ गतेनै कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा शनिवार साँझ ६ः३० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको पौडेलले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको । जस मध्ये ५ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।








