चितवन । कोरोना भाइरसको संक्रमणबाट चितवनमा दुई महिलाको मृत्यु भएको छ । जिल्लाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । मृत्युहुनेहरुमा मनकावनपुरको हेटौंडा उपमहानगरपालिका ६ कि ८५ वर्षीया महिला र भरतपुर महानगरपालिका १० कि ७५ वर्षीया महिला रहेछ्न् । निमोनियाका कारण असोज १५ गते अस्पताल भर्ना भएकी हेटौंडाकी महिलामा २० गते कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा शुक्रबार साँझ ७ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । दम, प्रेसर र निमोनियाका कारण अस्पताल भर्ना भएकी भरतपुरकी महिलामा २३ गते कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा आज बिहान ५ः१० बजे मृत्यु भएको हो ।








