चितबन । चितबनको प्रतिष्ठिट मिडिया न्यूज प्रवाह डटकमले प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ ।
बी एण्ड बी मिडिया नेटवर्क प्रालिद्वारा गतवर्षबाट चितबनमा सञ्चालन आएको न्यूज प्रवाह डटकमले आज ( आईतबार) एक कार्यकर्मका बिच आफ्नो प्रथम प्रथम वार्षिकोत्सव सम्पन्न गरेको हो ।
सो अवसरमा भरतपुर नगर तामाङ समाज चितवनका उपाध्यक्ष तथा भरतपुर महानगरपालिकाका इञ्जिनियर तथा कार्यक्रमका प्रमुख अतिथि सूर्यप्रकाश लामाले देश र रास्ट्रकानिम्ति हरेक समुदायको अवाज लाई बुलन्द पार्न बढीभन्दा वढी हात पत्रकारको रहेको बताउनु भयो । उहाँले न्यूजप्रवाह डटकमको टिमलाई आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जमाना अनुसार सबै व्यक्तिको हातहातमा मोबाइल भएर समाचार तुरुन्तै पाइने भएकाले अनलाइन पत्रिका चुनौतीबीच पनि सम्भावना धेरै बोकेको बताउनुभयो ।
त्यस्तै, विशिष्ट अतिथि खेलकुद विकास समिति चितवनका निवर्तमान अध्यक्ष गंगा लामाले वर्तमान परिवेशमा न्यूजप्रवाह डटकमले जनताको आवाजलाई उजागर गरेकोमा प्रसंशा गर्नुभयो । सञ्चारमाध्यमले अरुलाई बाटो देखाउने जिम्मेवारी निर्वाक गर्ने हुनाले जिम्मेवार भएर कलम चलाउन उहाँले सुझाव दिनुभयो । अहिले कोरोना माहामारीको बेलामा सञ्चारमाध्यमलाई जोगाउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउन सकेमात्रै सत्य तथ्यखबर बाहिर आउने बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज चितवनका सचिव तुलमान गुरुङ, तामाङ पत्रकार संघ चितवनका केन्द्रीय सदस्य उर्गेन तामाङ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, सचिव राजेश रुम्बा तामाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए भने न्यूज प्रवाह डटकमका प्रधानसम्पादक बबिलालतामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।








