चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार गरिएको परिक्षणमा चितवनका ४६ सहित ५५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका १६ महिला र १८ पुरुष गरि ३४ जना, रत्ननगरका ५ महिला १ पुरुष गरि ६ जना , राप्तीका १ पुरुष खैरहनिका ३ पुरुष र कालिकाका १ पुरुष र १ महिला समेत गरि चितवनका ४६ जना र हेका छन । यस्तै अन्य संक्रमीत हुनेहरुमा देबघाटका १ पुरुष ,हेटौंडाका १ पुरुष ,सर्लाहीका १ महिला र पर्साका ६ पुरुष समेत गरि ५५ जना रहेका छन । संक्रमितहरु ६ बर्ष देखि ७१ बर्ष सम्मका रहेकोका छन । भरतपुर अस्पताल ,पुरानो मेडिकल कलेज ,पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका ३२५ नमुनाको परिक्षण गर्दा १८० नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ५५ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ््नो रिपोर्टमा उल्लेख गरेको छ ।








