काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ६ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ५ सयले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ६ सयमा कारोबार भैरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








