• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

नारी दिवसः लैङ्गिक समानता सशक्तीकरणमा राज्यको लगानी बढ्दै

  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    बाँके । लैङ्गिक समानताका विषयमा राज्यले लगानी बढाउँदै लगेको सरोकारवालाले बताएका छन् । एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा सरोकारवालाबीच भएको छलफलमा सहभागीले सो कुरा बताएका हुन् । राज्यले लैङ्गिक समानता तथा सशक्तीकरणका क्षेत्रमा लगानी गरे पनि त्यसको प्रतिफल आउन नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

    ‘लैङ्गिक समानता, सामाजिक समावेशीकरण एवं एचआइभी एड्ससम्बन्धी नीति र त्यसको कार्यान्वयनको अवस्था र भोलिको सोच’ विषयमा यहाँका सरोकारवालाबीच छलफल भएको थियो । मूल समारोह समिति एवं नगरस्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगञ्जका (लुम्बिनी प्रदेश) को आयोजनामा गरिएको उक्त छलफल कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले राज्यले तेस्रोलिङ्गीका लागि रोजगारीको व्यवस्था नगरे यौन व्यवसायको बाटो अपनाउन बाध्य हुने बताउनुभयो ।

    उहाँले तेस्रोलिङ्गीलाई पनि सम्मानपूर्वक जीवन बाँच्ने अधिकार भएको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण गराउनुभयो । जिल्लास्थित विपन्न तथा गरिब परिवारका लागुऔषध प्रयोगकर्तालाई पुनःस्थापना केन्द्रमा राख्नलाई उपमहानगरले आफैँ लगानी गरी सहयोग गरिरहेको उपप्रमुख राईले बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु पाण्डेले महिला सशक्तीरकणका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण विषय रहेको बताउनुभयो । उहाँले उपमहानगरका २३ वडामध्ये १८ मा महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम पुगेको जानकारी दिनुभयो । साथै महिला सशक्तीकरणका लागि पाँच वटा सहकारी संस्था बनाइएको उहाँको भनाइ छ ।

    सेवा दिएरमात्र नहुने भन्दै व्यवस्थालाई उपयोग गर्नतर्फ लाग्न एएचएफ नेपालका ‘कन्ट्री प्रोग्राम म्यानेजर’ दिव्यराज जोशीले बताउनुभयो । उक्त कार्यक्रममा डा सङ्केत रिसालले सरकारले एचआइभी न्यूनीकरण गर्नका लागि ओसिएमसी (अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र) कार्यक्रम लागू गरेको बताउनुभयो । उहाँका अनुसार बाँकेको भेरी अस्पतालमा उक्त एकद्वार प्रणाली प्रभावकारीरुपमा सञ्चालन भइरहेको छ । भेरी अस्पतालमा आकस्मिक सेवाका रुपमा ओसिएमसी कार्यक्रम सञ्चालन भइरहेको डा रिसालले जानकारी दिनुभयो ।

    अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा चिकित्सक, प्रहरी, वकिललगायत सबै सेवा एकै ठाउँबाट दिइँदै आइरहेको उहाँले बताउनुभयो । पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरीले झण्डै एक दशक पहिले र अहिले नेपालगञ्जमा तेस्रोलिङ्गीलाई गरिने हिंसामा न्यूनीकरण भएको बताउनुभयो । विगत एक वर्षयता तेस्रोलिङ्गीलाई शारीरिक हिंसा नभई मानसिक हिंसा भइरहेको उहाँको भनाइ थियो ।

    उहाँका अनुसार कोभिडको समयमा मानसिक हिंसाका कारण देशैभरि ४३ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । कार्यक्रममा सहभागीले बाँकेमा विशेष गरेर लागुपदार्थ सेवनकर्ताका श्रीमती घरेलु हिंसामा सिकार हुन गरेको बताएका थिए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.