• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

महिला सशक्तीकरणमा एमाले अग्रणी छ : अध्यक्ष ओली

  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको बताउनुभएको छ । एक सय १४औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मोतिदेवी स्मृति केन्द्रद्वारा आज यहाँ आयोजित सम्मान, विमोचन र वृत्तचित्र प्रदर्शनीमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले सामाजिक रुपान्तरण, महिला जागरण र सामाजिक न्याय प्राप्तिका अभियानमा एमाले अग्रस्थानमा रहिनैरहने बताउनुभएको हो ।

    अध्यक्ष ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने हल्ला सत्य होइन भन्दै अहिले विभिन्न तीन तहमा सम्पूर्ण जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला हुनु र राज्यका निकायका ३३ प्रतिशत महिला आरक्षण हुनुजस्ता विषयलाई उपलब्धिपूर्ण मान्नुपर्ने बताउनुभयो । त्यस अवसरमा पूर्वप्रधानमन्त्री ओलीले ‘सङ्घर्षशील योद्धाहरू’को लोकार्पण गर्नुभयो भने सामाजिक रूपान्तरणकर्ता, उत्कृष्ट शोधार्थी र कम्युनिष्ट आन्दोलनमा योगदान गरेकालाई सम्मानित गर्नुभयो ।

    आज सम्मानित हुनेमा प्रेरणादायी महिलामा धम्मावती गुरुमा, युवा वैज्ञानिक रोजिता बुद्धाचार्य, वाइल्ड लाइफ फोटोग्राफर विनिता भण्डारी, उद्यमी सावित्री थापा, समाजसेवी शान्ति चड्डा, राजनीतिककर्मी सोना छेदुङ लामा, साहसिक बस चालक रेणुका थापा, दुर्गमकी चिकित्सक तुल्सी शाही, सामाजिक अभियन्ता सोनिया सदाय र मानव बेचबिखनविरोधी अभियानकर्ता चरिमाया तामाङ हुनुहुन्छ ।

    केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्ना निजी स्वार्थ त्यागेर समाज रुपान्तरण र महिला जागरणमा योगदान गरेका महिलालाई भविष्यमा पनि सम्मान गरिने जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टीका एक संस्थापक मोतिदेवी श्रेष्ठको स्मृतिमा उक्त केन्द्र स्थापना भएको हो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.