चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।मंगलबार गरिएको परिक्षणमा चितवनका २९ सहित ३३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ८ महिला र १२ पुरुष गरि २० जना, रत्ननगरका १ पुरुष, खैरहनिका २ पुरुष र १ महिला गरि ३ जना, राप्तीका २ महिला, कालिकाका २ पुरुष र माडीका १ पुरुष गरि २० जना रहेका छन । यस्तै अन्य संक्रमित हुनेहरुमा सुर्खेतका १ पुरुष, कास्की, नवलपरासी र बेनिघाटका १र१ महिला गरि ३ सहित ३३ जना रहेका छन । संक्रमितहरु ७ देखि ९६ बर्ष सम्मका रहेकोका छन । भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका २५२ नमुनाको परिक्षण गर्दा २१९ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ३३ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।








