नवलपुर । दुई वर्ष पहिला प्रधान मन्त्रि केपी शर्मा ओलीले उदघाटन गरेको बुटवल नारायणगढ सडकको पुर्ननिर्माण कार्य पुनः शुचारु भएको छ ।
दाउन्ने पहाडदेखी पूर्व खण्ड क र पश्चिम तर्फको भागलाई खण्ड ख मानी निर्माण कार्य भईरहेको बुटवल नारायणगढ सडक खण्डको काम गत चैतदेखि बन्द भएको थियो ।
कोरोना संक्रमणका कारण लामो समयको लकडाउन र बर्षाका कारण बन्द भएको सडक विस्तारको काम पुनः सुचारु गरिएको चाईना स्टेट कन्सट्रस्सन ईन्जीनियरिङ कम्पनीका वरिष्ठ ईन्जीनियर शान्ति राम दहालले बताउनुभयो ।
यहि असोजे १५ गतेदेखी सडक विस्तारको काम पुनः शुरु गरिएको इन्जीनियर दाहालले बताउनुभयो ।बुटवल देखी नारायणगढ सम्मको एक सय २० किलोमिटरको सडक खण्ड विस्तार गरि बजार क्षेत्रमा छ लेन, अन्य क्षेत्रमा चार लेन र दाउन्नेको पहाडी क्षेत्रमा सडक तीन लेनको विस्तार गरिदैछ ।
यसैबीच, गैंडाकोट नगरपालिकाले पूर्व पश्चिम राजमार्गमा सडक विस्तार गर्दा (नारायणगढ बुटवल सडक विस्तार आयोजना) निर्माण गरिने नालाको डिजाईन परिवर्तन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
यही असोज २२ गते प्रमाणीत गरी सार्वजनिक गरिएको गैंडाकोट नगरपालिकाको नगरकार्यापालिका बैठकको पहिलो निर्णयमै सडक आयोजनाले अहिले बनाउने सानो नालाको डिजाई परिवर्तन गरी गैंडाकोटमा हुने जलमग्नलाई हटाउन अनुरोध गर्ने निर्णय भएको हो ।
व्यस्थित ढल निकाल नहुँदा ठूलो पानी पर्नासाथ गैडाकोट २, ४ ५, ७, ८ र ९ का विभिन्न भागहरु डुवानमा पर्ने गरेका छन् ।








