चितवन । कोरोना सङ्क्रमणका कारण होम आईसोलेसमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ९ का ९० वर्षिय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार असोज ९ गते कोरोना सङ्क्रमण परिक्षण गरिएकोमा असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमानै आईसोलेसनमा वसेको अबस्थामा आज बिहान मृत्यु भएको हो । आज विहान ९ः३० वजे घरमानै मृत्यु भएको हो ।








