काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार बंगालको खाडीमा बनेर तेलांगना माथी रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम-उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको छ। हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।








