चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । बुधबार गरिएको परिक्षणमा चितवनका ५४ सहित ५९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ११ महिला र १९ पुरुष गरि ३० जना, रत्ननगरका १ पुरुष र ४ महिला गरि ५ जना , खैरहनिका २ पुरुष र ३ महिला गरि ५ जना, राप्तीका २ पुरुष र ५ महिला गरि ७ जना, कालिकाका ३ पुरुष, इच्छाकामनाका २ पुरुष र माडिका २ पुरुष गरि ५४ जना रहेका छन । यस्तै अन्य संक्रमित हुनेहरुमा काठमाडौका १ पुरुष र १ महिला ,तनहुँका १ पुरुष र सर्लाहीका १ पुरुष समेत गरि जम्मा ५९ जना रहेका छन । संक्रमितहरु ३ देखि ८७ बर्ष सम्मका रहेका छन। भरतपुर अस्पताल ,पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल र विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका २८१ नमुनाको परिक्षण गर्दा २२२ नमुनाको नतिजा नेगेटिभ आएको थियो भने ५९ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।








