काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेवाजी सुन तोलाको ९४ हजार रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य भने घटेको छ । बिहिबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।








