चितबन ।विगत ३ वर्ष देख नारायणी नदि किनारमा फोटो खिच्दै आएका कुँवर दाजुभाइले डिएसएलआर सेबा अनलाइन नामक मोवाईल एप्लिकेसन सञ्चालनमा ल्याएका छन् ।
आफ्नो पेशा फोटोग्राफीलाई फरक रुपबाट निरतर्ता दिने उद्धेश्यले डिएसएलआर सेबा अनलाइन नामक मोबाइल एप्लिकेसन सञ्चालनमा लाएको डिएसएलआर सेबाका प्रवन्ध निर्देशक सन्तोष कुवँरले बताए ।उनले अहिले मानिसहरुले आफुले चाहेको समयमा , स्थानमा फोटो सुट गर्न खोज्ने भएकाले आफ्नो ग्राहकको इच्छा बुझेर एप सार्वजनिक गरेको बताए । कुवँरले कम्तिमा ५ सय रुपैयाँमा फोटो सुटका लागि अनलाइनमार्फत बुकिङ गर्न सकिने बताए ।ग्राहकहरुको चाहाना अनुसार एक दिनभरीका लागि ५ हजार र २० फोटोको ९ सय ९९ रुपैयाँ मुल्य रहेको समेत जानकारी दिए ।
त्यस्तै उनले अहिले आफूहरुले यो एप सार्वजनिक गरे पनि भविष्यमा अझ राम्रा राम्रा एपमार्फत प्रयोगकर्तालाई सुविधा दिने खुलाए । यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो आइडी र पासवर्ड प्रयोग गरी फोटो डाउनलोड गर्न सक्ने बताए । उनले एप प्रयोग गर्ने मानिस नाम र फोटोहरुलाई गोप्य राख्न सक्ने सुविधा समेत रहेको जानकारी दिए ।
कोरोना नियन्त्रणमा आए पछि ईच्छुख व्यक्तिहरुको लागि छिटै फोटोग्राफि तालिम दिने समेत योजना रहेको सुनाए । “रोजेका ठाउँमै रोजेका फोटाहरु खिच्ने सेवा दिन जनशक्ति र उपकरण व्यवस्थापन समेत गरेका छौँ उनले भने चितबन, भरतपुर देखि टाँडीसम्म पुगेर फोटो सुट गर्न सक्ने दक्ष जनशक्ति व्यवस्थापन गरेका छौँ । उनले अहिले आफूहरुले यो एप सार्वजनिक गरे पनि भविष्यमा अझ राम्रा राम्रा एपमार्फत प्रयोगकर्तालाई सुविधा दिने खुलाए । यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नामलाई गोप्य राख्न सक्ने सुविधा छ । उनले समयको माग अनुसार मानिसले फोटो खिच्न जोकोहीले बोलाएपनि जान तयार रहेको बताए ।”








