• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

होली र सेतो पहिरन

  •   शनिबार, चैत १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  ‘होलीले मेरो रङ्गायो नयाँ चोली…’

    तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समयसन्दर्भ सुहाउँदो थियो । अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ । अहिले चोली लगाउने चलन हराउँदै गएको छ । होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन् । बानेश्वरस्थित खुला बजारमा ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट खरिद गर्ने ग्राहकको घुइँचो छ । यही चैत ११ गते आइतबार परेको होली पर्वका लागि टिसर्ट किन्न बानेश्वर आउनुभएकी विमला कोइरालाले घरका सानादेखि ठूलालाई मिल्ने टिसर्ट रोज्नुभयो । उहाँले भर्खरै छ महिना भएकी काखे छोरीका लागि मिल्ने होली टिसर्ट खोज्दै हुनुहुन्थ्यो । “सबैलाई हुने किसिमका पाए पनि सानी छोरीलाई हुने भेटाइन”, कोइरालाले भन्नुभयो, “टिसर्ट लाएपछि मात्रै होली आएको अनुभूति हुन्छ ।”

    भृकुटीमण्डलको कपडा बजार होलीका पहिरनले भरिभराउँछ । युवा पुस्ताले टिसर्ट नै मन पराउँछन् भने बुढापाकाले कुर्था रोज्ने गरेका व्यापारी अशोक भट्टराईले बताउनुभयो । प्रत्येक होली पर्वमा सेता पहिरन बेचेर प्रशस्त आम्दानी गर्न सकिने उहाँको भनाइ छ । कक्षा ११ मा पढ्दै गरेकी कोटेश्वरकी ममता चाम्लिङको मन पर्ने पर्व हो, होली । हाफ जिन्समा टिसर्ट लगाएर साथीसङ्गीहरुसँग रङ्गीन, रङ दल्न र नाचगान गर्न उहाँ निकै रुचाउनुहुन्छ । अरू बेला बोल्दै नबोल्ने साथी होलीमा खुसी हुँदै रङ लगाउन आउने भएकाले यो पर्व विशेष र रमाइलो लाग्ने चाम्लिङले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “रङ खेल्दा नयाँ साथी बनाउने मौका पनि मिल्छ ।” बबरमहल बस्ने २४ वर्षीया आयुष्मा साहको स्थायी घर सिराह हो । तराईमा होली सोमबार परेकाले उहाँले यो पर्व मनाउन घर जान लागेको सुनाउनुभयो । घरमा सकेसम्म छोरीले कुर्था नै लगाउने चलन रहेकाले टिसर्टको विकल्पमा सेतो कुर्था किन्ने उहाँले बताउनुभयो । “काठमाडौँमा टिसर्ट बढी किन्छन् । हामी कुर्था रोज्छौँ । उता अलि सस्तो पर्ने भएकाले घरबाटै किनिदिनुहुन्छ”, उहाँले भन्नुभयो । बागबजारका कपडा व्यापारी भुवन क्षेत्रीले होली लक्षित टिसर्ट प्रिन्टको माग अत्यधिक बढेको बताउनुभयो ।

    एक सातामा दैनिक तीनदेखि चार हजार होली लेखिएका टिसर्ट प्रिन्ट गर्ने गरिएको उहाँको भनाइ छ । “माग अनुसारको अझै उत्पादन गर्न सकेका छैनौँ”, भुवनले भन्नुभयो, “होलीको दिनसम्म यस्ता सेता टिसर्टको मागसँगै व्यापार हुन्छ ।” नेवारी, तामाङ, अङ्ग्रेजी, नेपालीलगायत भाषामा अक्षर तथा सङ्केत टिसर्टमा प्रिन्ट गर्ने गरेको उहाँले बताउनुभयो । “नेवार संस्कृति झल्किने र ‘हेप्पी होली’ लेखिएका टिसर्ट खोज्दै धेरै आउनुहुन्छ”, उहाँले भन्नुभयो, “सकेसम्म सबैको चित्त बुझाएर बजारमा सामान पठाउने गरेका छौँ ।”

    होली र पहिरनको मनोविज्ञान कहाबाट आयो ?

    होली र पहिरनको मनोविज्ञान कहाँबाट आयो भन्ने ठ्याक्कै भन्न नसकिए पनि पछिल्लो पुस्ता सेतो कपडामा रङ्गीविरङ्गी रङ पोख्न रुची राख्छन् । संस्कृतिविद् धिरेन्द्र प्रेमर्षिले होलीमा सेतो कपडा खोज्नु भनेको चित्र र क्यानभाससँगको भाव समेटिएको बताउनुभयो । “जसरी कुनै सेतो क्यानभासमा अनेक रङका आकृति खुल्छन्, उसैगरि होलीमा सेतो पहिरनले रङ भर्न सहज हुन्छ । यसका लागि नयाँ टिसर्ट वा कुर्था नै चाहिन्छ भन्ने चाहि छैन”, उहाँले भन्नुभयो ।

    नयाँ नै खोज्नु भनेको पूँजीवाद समाजको प्रभाव रहेको प्रेमर्षिको बुझाइ छ । बाल्यकालको सम्झना गर्दै उहाँले भन्नुभयो, “हामी सानो छँदा नयाँ लुगामा रङ्ग लाग्छ भनेर होलीमा फाटेका र पुराना लुगा लगाउथ्यौँ ।” अहिले समाज चाहिनेभन्दा बढी देखासिखीमा रमोलिएको उहाँको भनाइ छ । सेतो रङको लुगामा होली खेलिनु ठिकै हो भन्दै नयाँ खरिद गर्नैपर्ने बाध्यकारी संस्कृति हुन नहुने प्रेमर्षिले बताउनुभयो । पछिल्लो समय चलचित्रहरुले होलीमा सेतो पहिरन नै लगाउनुपर्छ भन्नेतर्फ प्रोत्साहन दिएको उहाँको धारणा छ । होली पर्व अर्को अर्थमा रङहरुको समानता र एकताको प्रतीक समेत रहेको प्रेमर्षिले बताउनुभयो ।

    “होली पर्वले रङमा समानता महसुस गराउँछ”, उहाँले भन्नुभयो । होली पर्वका बारेमा थुप्रै मिथक छन् । हिन्दु धार्मिक कथनअनुसार युवा अवस्थाका चुलबुली कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागादौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्त छ । अर्को कथन विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.