• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

फागुको मौलिकता मासिदै गएकामा बुढापाका चिन्तित

  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    म्याग्दी ।  गाउँघरमा साथीभाइ, आफन्त भेला भएर गामबेँसीका मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने चलन क्रमशः लोभ भएसँगै अध्यात्म, मनोरञ्जन, रङ र आत्मीयताको पर्व होलीको महत्व पनि हराउँदै गएको बुढापाकाले बताएका छन् । साथै उनीहरूल फाुगुको मौलिकता मासिएकामा पनि चिन्ता व्यक्त गरेका छन् । सहरबजारमा मात्र होइन, गाउँघरमा पनि फागुको महत्व हराउँदै गएको ज्येष्ठ नागरिकहरू बताउँछन् । “फागुमा गाइने गीत अब एकादेशको कथामा परिणत भएका छन् ।

    भाका हालेर होरी गाउने, हातेमालो गरेर नाँच्ने, केशरी र अबिर लगाइदिने प्रचलन हराउँदै गएको छ”, मालिका गाउँपालिका–६ का ७४ वर्षीय दलसिंह सिउथानी भन्नुहुन्छ । “पहिले–पहिले फागुपूर्णिमा आउनुभन्दा दुई–तीन दिनअघिदेखि नै मादल, झ्याली, मुर्चुङ्गा, खैँजडीलगायत विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले दुई–चार दिनअघिदेखि नै लोला हान्ने र होलीको नाममा पानी र के–के भरेर बन्दुक जस्तो पिचकारीबाट पानी छ्याप्न गर्छन् ।”

    “गाउँघरमा पनि पाश्चात्य संस्कृतिको प्रभाव परिसकेको छ, सहरबजारको हावा गाउँमा छिरिसकेको छ”, पण्डित नीलकण्ठ आचार्यले भन्नुभयो, “अब भक्त प्रह्लाद र फूपू होलिकाको जीवन चरित्र कसले गाओस्, अग्निमा फालिदिँदा पनि प्रह्लादलाई आगोले जलाउन नसकेको प्रसङ्ग कसले पत्याओस् ।” फागु ‘होली’मा परिणत भएपछि यो युवापुस्तामा मात्रै सीमित रहेको छ । उमेर ढल्केका र वृद्धवृद्धामा फागुको कुनै रौनक देखिँदैन । यस पर्वलाई विशेषगरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ ।

    त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा वृद्धवृद्धाले चिन्ता व्यक्त गरेका छन् । फागु रङ दलेर आत्मीयता साट्ने प्रचलन ‘होली’ खेल्ने भनेर जथाभावी लोला हान्ने र मनपरी गर्ने पर्वमा रुपान्तरण भएपछि नेपाली परम्परागत प्रचलन र संस्कृतिले नै गोली खाएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । आफ्नो मौलिक परम्परा, प्रचलित संस्कार र संस्कृतिभन्दा विपरीत किसिमल भड्किलो ढङ्गले यो पर्व मनाउने प्रचलन बढेकामा उनीहरू खिन्न छन् ।

    विगतमा मनाइने ‘फागु’ र अहिले मनाइने ‘होली’ मा निकै फरक रहेको स्थानीय वृद्धवृद्धाहरूको भनाइ छ । “पहिले पहिले गाउँघरमा साथीभाइ जम्मा भएर कसैले फागु गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायत वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेलिन्थ्यो”, सिङ्गाका ७२ वर्षीय गणनाथ पौडेलले भन्नुभयो, “अहिले मोबाइलमा हिन्दी र अङ्ग्रेजी गीत घन्काउने, अण्डादेखि लिएर बन्दा र आलु प्रहार गर्ने, फोहर पानी खन्याइदिने, होलीको नाममा जे गरेपनि हुने जमाना आयो ।”

    “अहिले होली संस्कार, संस्कृति जोगाउनेभन्दा पनि रमाइलो गर्ने, साथीभाइ भेट भएर वनभोज खाने पर्वका रूपमा मनाइने गरिन्छ”, २१ वर्षीय युवा प्रदीप पुनले भन्नुहुन्छ, “जे गर्दा रमाइलो हुन्छ, आनन्द आउँछ अहिलेका युवा त्यसैगर्न चाहन्छन् ।” समय परिवर्तनसँगै भएको मौलिक संस्कृतिको क्षयीकरण रोक्न बेलैमा सचेत नहुने हो भने मौलाउँदै गएको विकृतिले एक दिन भयानक अवस्था सृजना गर्ने बताउँदै स्थानीय बुद्धिजीवीले समाजका सबै वर्ग मिलेर संस्कति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.