• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार

  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ ।  तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ देखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार तीन सय ३६ पशुको उपचार भएको हो ।

    उक्त शिविरबाट सातवटा वडाका एक हजार नौ सय २६ जना पशुपालक किसान लाभान्वित भएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिबाट प्रदान गरिने सबै सेवा वडा र टोलस्तरबाट प्रदान गर्ने सिलसिलामा पशु सेवा शिविर सञ्चालन गरेका थियाँै, शिविरमा गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुरलगायत पशुको उपचार गरेका छौँ । टोलमै सेवा पाउँदा किसानलाई पनि सजिलो भयो ।”

    पशु चिकित्सक डा शाहका अनुसार उक्त पालिकाको वडा नं १ स्थित बाख्रेमा एक हजार तीन सय ५५, टाक्राङमा दुई हजार दुई सय ४९, वडा नं २ स्थित गुञ्जारामा आठ सय तीन, जामुनेमा दुई हजार दुई सय ३६, वडा नं ३ स्थित किल्चोक र बेल्टारमा एक हजार चार, जनगणपति माविमा एक हजार एक सय ६९, वडा नं ४ स्थित कोल्डाँडामा एक हजार आठ सय ४६, छिम्लेश्वारामा दुई हजार ५६, वडा नं ५ स्थित छाङपाटनमा दुई हजार चार सय ४९, साउनेपानीमा दुई हजार १२ पशुको उपचार गरिएको हो । यसैगरी वडा नं ६ स्थित सर्वलाङमा एक हजार नौ सय २३, वडा नं ७ स्थित माझिलाङमा दुई हजार तीन सय ६०, रानीश्वारामा एक हजार आठ सय ७४ पशुको उपचार गरिएको छ ।

    अन्य समयमा किसानहरूले पशु नै सम्बन्धित पशु सेवा केन्द्रसम्म ल्याएर उपचार गर्नुपर्ने अवस्था रहे पनि घुम्ती शिविरका बेला पशु प्राविधिक नै टोलमै पुगेर सेवा दिएको डा शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाले बेला–बेलामा यसरी नै टोल तहसम्म पुगेर घुम्ती शिविर सञ्चालन गर्दा पशुपालक किसानलाई राहत पुग्ने गरेको छ ।” घुम्ती शिविरबाटै बीमाको प्रचार–प्रसार गरिएको थियो । आकस्मिक रोग तथा क्षति न्यूनीकरण गर्न पशुको बीमा गर्न किसानलाई प्रोत्साहन गरिने डा शाहको भनाइ छ । पशुवस्तुको बीमाका लागि किसानले बुझाउने रकम गाउँपालिकाको पशु सेवा शाखाबाट पुनः किसानलाई प्रदान गरिने कार्यक्रम चालु आर्थिक वर्षमा पनि जारी रहेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पशु बीमा गरेपछि पशुको क्षति भएमा किसानलाई क्षतिपूर्ति मिल्नेछ, बीमा निःशुल्क भएकाले यसको प्रचारप्रसारमा जोड दिएका छाँै ।” पशु सेवा शाखाले घाँसमा आधारित पशुपालनलाई पनि जोड दिएको छ । पशुपालनको ७० प्रतिशत लागत आहारामा खर्च हुने हुँदा मौसमअनुसारको जै, सुपर नेपियर, मकेचरी वर्षिमलगायत घाँसखेती गरी घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घटाउँदै आम्दानी बढाउन कृषकलाई अनुरोध गरिएको डा शाहले बताउनुभयो ।

    डा शाहका अनुसार घुम्ती शिविरमा आकस्मिक तथा महामारीजन्य रोग रोकथाम तथा न्यूनीकरणका लागि खोरेत, भ्यागुते, चरचरे, पिपिआर, स्वाइन फिबर र कुकुर बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको थियो । उहाँले भन्नुभयो, “रेबिज नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८०÷८१ भरि नै कुकुर बिरालोमा रेबिजविरुद्धको खोप निःशुल्क पशु सेवा शाखाबाट प्रदान हुँदै आएको छ ।”

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.