काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ४ सय रुपैयाँ रहेको छ। आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








