चितवन । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शनिवार त्रिशूली नदीमा खस्दा बेपत्ता भएका एक युवक अझै भेटिएका छैनन् । इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए ।
बेपत्ता भएका १८ वर्षीय दिवस रोकाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
मृतकको आफन्त र स्थानीयसँगको समन्वयमा घटना भएको स्थानबाट तलतिर खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।








