• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

कानुन व्यवसायीलाई प्रविधिको प्रयोग गर्न प्रधानन्यायाधीशको आग्रह

  •   बुधबार, चैत २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सर्वोच्च अदालतका प्रधानन्यायाधिश विश्वम्भरप्रसाद श्रेष्ठले कानुन व्यवसायीलाई प्रविधिको प्रयोग गरेर समय र पैसाको बचत गर्न आग्रह गर्नुभएको छ । चितवन जिल्ला अदालत बार एसोसिएसनको स्वर्ण महोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कानुन व्यवसायीले प्रविधिको प्रयोग गरेर मुद्दा दर्ता र बहस गर्नसक्ने बताउनुभयो । प्रधानन्यायाधिश श्रेष्ठले भन्नुभयो, “हामीले सर्वोच्च अदालतसँगै उच्च अदालतसमेत अनलाइनबाट बहस गर्नसक्ने बनाएका छौँ । यसको प्रयोग गर्नुस् ।

    समय र आर्थिक बचत गर्न सहज हुनेछ ।” केही समयमा नै अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने गरी काम गर्न लागेको उहाँले जानकारी दिनुभयो । “मुद्दा दर्ता गर्न हेटौँडा र काठमाडौँ धाउनुपर्ने बाध्यता हटाउन लागेका छौँ । तपाईहरुले आफ्नै फार्मबाट काम गर्न सक्नुहुनेछ”, प्रधानन्यायाधिश श्रेष्ठले भन्नुभयो । मुद्दाका पेसी तोक्ने कार्यलाई समेत स्वचालित प्रणालीमा अघि बढाइएको उहाँले बताउनुभयो । यसबाट न्यायमा सहज पहुँच पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    न्यायमा सहज पहुँचका लागि न्यायिक समिति, कानुन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको प्रधानन्यायाधिश श्रेष्ठको भनाइ थियो । नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यतालाई अक्षुण राख्दै संविधानले न्यायपालिकालाई सुम्पेको भूमिका र जिम्मेवारी प्रभावकारी रुपमा सम्पादन गर्न बार एसोसिएसनको भूमिका महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो । स्वतन्त्र र स्वायत्त न्यायपालिका तथा विधिको शासनको प्रवद्र्धन एवं न्यायिक सुधारका लागि नेपाल बार एसोसिएसनले खेलको भूमिका सराहनीय रहेको उहाँले बताउनुभयो ।

    प्रधानन्यायाधिश श्रेष्ठले भन्नुभयो, “न्यायपालिका तथा समग्र न्याय प्रणालीप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्दै न्यायपालिकालाई नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न बार एसोसिएसन तथा कानुन व्यवसायीको भूमिका सर्वपरिय महत्व हुन्छ ।” कार्यक्रममा नेबाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले देशमा निरङ्कुशता हुँदा जनताको संरक्षण गर्ने काम न्यायपालिकाले गर्ने गरेको बताउनुभयो । न्यायपालिकालाई बलियो बनाउन पुनःसंरचनामा लाग्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

    पछिल्लो समय सामाजिक सञ्जालमा आएका कुराको आधारमा न्यायप्रणाली जान खोजेको आभास भएको अध्यक्ष घिमिरेले बताउनुभयो । कानुन व्यवसायी सबै मिलेर न्यायिक नेतृत्वलाई बलियो बनाउन आवश्यक रहेको भन्दै घिमिरेले संसद्बाट कानुन पर्याप्तरुपमा पारित हुन नसक्दा काममा केही असहजता आएको बताउनुभयो ।

    बारका जिल्ला अध्यक्ष खगराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य कृष्णभक्त पोख्रेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, सर्वोच्च अदालतका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल, नेपाल बार एसोसिएसनका महासचिव अञ्जीता खनाल, वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, भूपेन्द्रजङ्ग पौडेल, धर्मराज आचार्य, अधिवक्ता राजकुमार श्रेष्ठलगायतले बार र बेञ्चबीचको सम्बन्धलाई सुमधुर बनाई राख्नुपर्ने बताउनुभयो ।

    सो अवसरमा जिल्लाका अग्रज कानुन व्यवसायीलाई सम्मान गरिएको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.