• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

आगामी बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्न पहल गर्नेछुः मन्त्री भण्डारी

  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा बजेटको क्षेत्रीय सन्तुलन कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले यसअघि सुदूपश्चिममा सधैँ कम बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै आगामी बजेटमा त्यस्तो हुन नदिनका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभएको हो ।

    सुदूरपश्चिममा समृद्धिका लागि अपार सम्भावना भए पनि तुलनात्मकरुपमा पिछडिएको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यसका कारणको खोजी गरी समाधानमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा यस क्षेत्रको बजेट ६÷७ प्रतिशतभन्दा बढी हुन सकेन, आगामी आवमा बजेटको क्षेत्रीय सन्तुलनका लागि पहल गर्नेछु ।” सुदूरपश्चिमका पहाडी जिल्लामा रोजगारी कम हुँदा न्यून आम्दानीका लागि पनि भारत जार्नुपर्ने बाध्यता हटाउन आफ्नो मन्त्रालयबाट आगामी आवमा सातै जिल्लाका सम्भावना खोजी गर्ने र यस क्षेत्रका ठूला आयोजना लागू गर्न पहल गर्ने उहाँले विश्वास दिलाउनुभयो ।

    मन्त्री भण्डारीले अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई आफूले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा मञ्चका संस्थापक एवं संरक्षक मोतिलाल बोहराले संस्था स्थापनाको उद्देश्य र त्यसयता सुदूरपश्चिम क्षेत्रको पहिचान र विकासका लागि भएका उपलब्धि तथा पहलबारे जानकारी गराउनुभएको थियो । साथै उहाँले देशभर छरिएर रहेका विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिले आफ्नो थातथलोको समृद्धिका लागि आवश्यक योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

    मञ्चका अध्यक्ष बहादुरसिंह विष्टले मञ्चले गरेका कामकारबाहीबारे जानकारी गराउँदै सुपको विकास निर्माणका साथै सामाजिक कार्यमा हातेमालो गर्दै बहस पैरवी गर्दै आएको बताउनुभयो । साथै उहाँले सुपको विकासका लागि आवश्यक बृहत् परियोजना निर्माण गर्न आगामी बजेटमा आवश्यक रकम विनियोजनका लागि मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

    कार्यक्रममा इञ्जिनियर शेरसिंह भाटले ऊर्जा तथा विद्युत् प्रसारण लाइन सम्बन्धमा, जनकराज जोशीले भूमि व्यवस्था तथा भू–उपयोग सम्बन्धमा, डा राजेन्द्र मिश्रले कृषि तथा सिँचाइ सम्बन्धमा र इञ्जिनियर ललिजन खनालले सडक तथा यातायात सम्बन्धमा प्रस्तुति दिनुभएको थियो ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.