• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

दलहरूले जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ : सम्झना थपलिया

  •   मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । देशमा अहिले निराशा बढ्दै गइरहेको छ । मुलुकको नेतृत्वदायी भूमिकामा रहेका सबै राजनीतिक दल मिलेर जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ । देशको विकास गर्ने र युवा जमातलाई रोजगारी दिलाएर उनीहरूलाई पलायन हुनबाट रोक्न राजनीतिक दलहरू एकजुट हुनैपर्छ । राजनीतिक दलहरू सरकार गठनका निम्ति मात्र सक्रिय हुने होइन । देशभित्र उद्योगधन्दा बढीभन्दा बढी खोल्ने वातावरण तयार गर्नुपर्छ । अझै पनि राजनीतिक दलहरू गम्भीर नहुने हो भने भावी पुस्तालाई के शिक्षा दिने ? देशलाई कस्तो बनाउने ? लामो समयसम्म निराशामा जनतालाई राख्न हुँदैन । कृषिलाई बढी प्राथमिकता दिनुपर्छ ।

    राज्यले किसानका समस्यालाई समयमै सम्बोधन गर्नुपर्छ । कुनै समय निर्यात गर्ने हामी अहिले खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा पुगेका छौँ । दुई विशाल छिमेकी मुलुक भारत र चीनसम्म निर्यात गर्ने गरी देशभित्र उत्पादन बढाउन जरुरी छ । मुलुकमा अहिले जुन खालको राजनीतिक व्यवस्था र प्रणाली छ यो लोकतान्त्रिक छ, र विश्वले स्वीकारेको पद्धति पनि हो । तर हाम्रो सोच र विचार अलि फरक तरिकाले अघि बढ्दै गएको हो कि जस्तो लागिरहेको छ । हामी अलि बढी सत्ता हेरफेरमा केन्द्रित हुन थालेका छौँ ।

    मुलुकका सामुन्ने उत्पन्न आर्थिक र सामाजिकलगायतका चुनौतीलाई सम्बोधन गर्न बढी ध्यान दिनुपर्नेमा अन्य कुरामा बढी अल्मलिन थालेको जनताको आक्रोशबाट प्रष्टै देखिन्छ । संसद् भनेको सरकार बनाउने र देशका लागि अपरिहार्य कानुन बनाउने थलो हो । संविधान अनुकूलका धेरै कानुन अहिलेसम्म बन्न सकेका छैनन् । नीति–नियम नै नबनेपछि कार्यान्वयन हुने कुरा भएन । सांसदको काम के हो ? सांसदले बजेट लगेर बाँड्ने हो कि ? सांसदले विकास र बजेट खोज्ने हो भने प्रदेश र स्थानीय सरकारको काम के हो ? हामी सांसद दोहोरो भूमिकामा छौँ । मतदाताले खासगरी विकासका कुरा सोध्नुहुन्छ । आफ्नो गाउँ, क्षेत्र, जिल्लामा विकासका के काम हुन लागेका छन् भनेर निरन्तर जिज्ञासा राख्नुहुन्छ ।

    उहाँहरूका कुरा नसुनी भाग्न सकिन्न । सांसदको काम कानुन बनाउने, सरकार बनाउने मात्र हो भनिन्छ । मेरो बुझाइमा हरेक सांसदसामु विकास निर्माण र कानुन निर्माण दुवैप्रति बराबर ध्यान दिनुपर्ने अवस्था छ । खासमा विकास निर्माणका काम सरकारले गर्ने हो । महिला अधिकारको सवालमा नेपालको संविधानअनुसार सबै पार्टीले महिलालाई सबै ठाउँमा ३३ प्रतिशत अवसर सुनिश्चित गर्ने व्यवस्था छ । तर अहिले चित्त बुझाउने अवस्था छैन । राज्य प्रणालीमा महिला र पुरुषको समान प्रतिनिधित्व हुनेगरी व्यवस्था गर्नु जरुरी छ ।

    महिलालाई संसद्को प्रत्यक्ष निर्वाचनमै टिकट दिने अनिवार्य व्यवस्था गर्नुपर्छ । तेत्तीस प्रतिशतको नाममा महिलालाई समानुपातिकमा मात्र सीमित गरिनु ठीक होइन । सिंहदरबारको अधिकार गाउँसम्म प्रत्यायोजन गरिने भनियो तर गाउँगाउँमा गएर कर लगाउने काममात्र भयो । सिंहहरूमात्र गाउँमा पुगे तर अधिकार सिंहदरबारमै रह्यो भनेर एकजना मतदाताले मलाई भन्नु पनि भयो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जनताले सुख र सुविधा पाउनुपर्ने हो । राहत महसुस गर्नुपर्ने हो । गाउँगाउँमा विकास हुनुपर्ने तर कर उठाउने नाममा जनता थप पीडित भएका छन् ।

    प्राकृतिक स्रोतसाधनको पनि त्यत्तिकै दोहन भएको छ । भ्रष्टाचारलाई शून्यमा झार्नुपर्छ । व्यक्तिगत लाभ लिने तरिकाले काम गर्न हुँदैन । व्यक्तिगत फाइदामा ध्यान दिने तरिकालाई सच्याउनुपर्छ । कुनै पनि पार्टीले भ्रष्टाचारलाई प्रोत्साहन गर्न हुँदैन । निर्वाचन प्रणालीभन्दा पनि खर्च बढी गर्न राजनीतिक दलहरूको गलत अभ्यास भइरहेको छ । जनप्रतिनिधिका हैसियतले कसरी युवावर्गलाई स्वदेशमा नै रोजगारीको प्रबन्ध गर्न सकिन्छ भनेर सोच्ने बेला भएको छ । सबै सांसद यो विषयमा गम्भीर हुनुपर्छ । निराश नहुन म सबैलाई आग्रह गर्दछु ।

    आशा गर्ने ठाउँहरू छन् । सकेसम्म आफ्नै देशमा सम्भावनाहरूको खोजी गर्नुपर्छ । हामी सबै मिलेर देशको विकासका निम्ति अग्रसर हुन जरुरी छ ।

    सांसद सम्झना थपलियाको परिचय

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सम्झना थपलिया मधेस प्रदेशको सिराहा जिल्लाको प्रतिनिधित्व गर्नुहुन्छ । समानुपातिक निर्वाचन प्रणालीबाट उहाँ सांसद हुनुभएको हो ।

    राजनीतिशास्त्रमा स्नातक सांसद थपलियाले २०४७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले)बाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । (सांसद थपलियासँग रासस समाचारदाता कालिका खड्काले गर्नुभएको कुराकानीको सम्पादित अंश।)

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.