भरतपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सबै राजनीतिक दलहरु मिलेर गणतन्त्रलाई संस्थागत विकास गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस सबै राजनीतिक दलको अभिभावक भएको दाबी गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “पार्टीप्रति आमनागरिकले देखाएको विश्वासलाई मर्न दिइने छैन । जनताको भावना अनुसारका समसामयिक मुद्दालाई पार्टीले सधैँ प्राथमिकतामा राखेर समाधान गर्दै आएको छ । यही कारण अहिलेसम्म कांग्रेसप्रति जनताका आस्था नटुटेको हो । ”
सो कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो बिमोचन पनि गरिएको छ । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले कार्यक्रमको बिषय वस्तु माथी प्रकाश पार्नुभएको थियोे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ,दिनेश कोइराला,बागमती प्रदेशका पुर्व स्वास्थ्यमन्त्री उत्तम जोशी,बागमती प्रदेश कार्यसम्पादन समितिका सदस्य कैलाश कोइराला,नेपाल शिक्षक सघ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा,भरतपुर महानगर सभापति चित्रसेन अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा बागमती प्रदेश सासद गिता गुरुङ, माया श्रेष्ठ, बिनु रायमाझी, जिल्लाका पुर्व सभापतिहरु,क्षेत्रिय सभापतिहरु,महासमिति सदस्यहरु पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियोे ।








