• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

देश र जनहितका काममा विलम्ब नगरौँः जुलीकुमारी महतो

  •   मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा पक्ष बिग्रिनेबित्तिकै त्यसले सबैतिर असर पार्छ । अर्थतन्त्रले उद्योगी– व्यवसायीदेखि गृहिणीसम्मलाई असर पारेको छ । महँगी नियन्त्रण गर्ने, सुशासन कायम, भौतिक पूर्वाधार निर्माणलगायत महत्त्वपूर्ण काम प्रभावकारी रूपमा हुनसकेका छैनन् । सरकार परिवर्तन भएपछि जनताले यस दिशामा केही सकारात्मक परिणाम प्राप्त हुन्छ भन्ने आशाचाहिँ गरेका छन् ।

    अहिले दिनहुँजसो मिटरब्याजपीडित, सहकारीपीडितका समस्या, किसानका समस्या, उद्योगी–व्यवसायीका समस्या सार्वजनिक भइरहेका छन् । सुशासनको प्रत्याभूति हुनसकेको छैन । सरकारले सेवाप्रवाह सहज रूपमा गराउन नसकेको जनताले गुनासो गरिरहेका छन् । मुलुकका लागि अत्यावश्यक कानुन शीघ्र पारित गरेर कार्यान्वयनमा जानुपर्छजस्तो लाग्छ । कतिपय नियमावली पनि संसद्ले नै बनाउने हो तर संसद्भित्रको प्रक्रिया लामो हुने भएकाले एउटा विधेयक पारित गर्न पनि धेरै समय लागेको देखिन्छ ।

    हाम्रो संसद्मा दलीय प्रभाव ठूलो छ । सांसदहरू पनि स्वतन्त्र हुनसकेका छैनन् । जति भूमिका सांसदको हुनुपर्ने हो त्यति हुन पाएको छैन । संसद्मा कुनै पनि दलको अहिले एकल बहुमत छैन । यस्तो अवस्थामा गठबन्धन सरकार बन्नु स्वाभाविक हो । तर एकल बहुमतसहितको सरकार भए त्यो पाँच वर्ष चल्थ्यो, र त्यसले मुलुकको विकास, समृद्धि र स्थायित्व दिन सक्थ्यो । छिटोछिटो सरकार परिवर्तन हुने भएपछि धेरै काममा बाधा उत्पन्न हुन्छ । अघिल्लो सरकारले ल्याएका कतिपय विधेयक अलपत्र पर्ने र नयाँ विधेयक ल्याउन पनि समय लाग्ने अवस्थाले समग्र कानुन निर्माणमा नकारात्मक प्रभाव पारेको स्पष्टै छ ।

    अझ सानातिना विषयमा पनि सदन अवरुद्ध गर्ने परिपाटी मौलाएको छ । जनताका सुखदुःखको कुरा उठाउने सम्मानित सदनलाई दलभन्दा माथि उठेर सोच्न र व्यवहार गर्नुपर्छ । संसद् अवरोध नगरी आफ्ना विषयवस्तु राख्ने, सरकारको ध्यानाकर्षण गराउने, दबाब दिने अरु उपायतर्फ विचार गर्नुपर्ने बेला आइसकेको छ । अहिले कामको खोजीमा होस् वा अध्ययनका लागि युवाको विदेश पलायन तीव्रगतिमा भइरहेको छ । देशमा केही नै छैन र यहाँ केही पनि हुँदैन भन्ने सोच हाबी भइरहेको छ । सरकारले हाल बन्द भएका उद्योग पुनः सञ्चालन गर्न र नयाँ उद्योगको अवधारणा ल्याएर देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । शिक्षामा पनि व्यापक सुधारको खाँचो छ ।

    देशभित्रै सुलभ र सहज रूपमा उच्च अध्ययन गर्न पाउने वातावरण मिलाउन ढिला भइसक्यो । अहिले आफूले रोजेको विषय पढ्न चाहना राख्ने मेधावी विद्यार्थीले पनि भर्ना नै हुन पाउँदैनन् । कतिपय शैक्षिक संस्थामा शुल्क निकै महँगो छ । विश्वविद्यालयमा छिटो काम नहुने, परीक्षाफल ढिलो प्रकाशित गर्ने आदि समस्या वर्षौँदेखि देखिएका छन् । नेपाललाई शिक्षाको हब बनाउन सकिने सम्भावना प्रशस्त छ । विदेशी विद्यार्थीले पनि नेपाली शिक्षण संस्थाबाट शिक्षा लिनसक्ने वातावरण बनाउन सकिन्छ । तर जति कार्यान्वयन हुनुपर्ने हो, त्यो पाटोमा भने ध्यान दिन सकिएको छैन । मुलुक सङ्घीयतामा गइसकेपछि अहिले तीन तहको सरकार छ ।

    मेरो जोड भनेकै तीनै तहका सरकारले सेवाप्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्ने हो । म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्छु । त्यहाँ अहिले धेरैजसो खेत बाँझो हुन थालेको छ । कृषिप्रधान देश भन्छौँ नेपाललाई । कृषिमा हामी आत्मनिर्भर कसरी गराउन सक्छौँ भन्ने महत्त्वपूर्ण पाटो हो । हरेक उत्पादनमा रोजगारी जोडिन्छ । बेरोजगारीको समस्या समाधान मुखले भनेर हुँदैन । जबसम्म देशमा चाहिने कुरा पूरा हँुदैनन्, पानीबिनाको माछाजस्तै हुन्छ । जस्तै, रोजगारी र खानेकुरा नभई नहुने हुन् ।

    अहिले हामीले ठूला कुरा सोच्नुभन्दा पनि हाम्रो जग कसरी बलियो बनाउने भन्नेमा सोच्नुपर्छ । उत्पादनतिर जोडेनौँ भने हाम्रो जग बलियो हुन सक्दैन । दुःखका साथ भन्नुपर्छ, अहिले हाम्रो मुलुकमा भ्रष्टाचार व्याप्त छ । चुहावट छ । किसानले समस्या भोगेकै छन् । समयमा मलखाद पाउँदैनन् । पूर्वाधार धेरै बन्न बाँकी छन् । पूर्वाधार नभई त विकास नै हुँदैन । कैयौँ उद्योग बन्द छन् । खुलेका पनि राम्ररी चल्न सकेका छैनन् । सरकारी अस्पतालमा चाप बढी छ । निजी अस्पतालमा शुल्क महँगो छ । विद्यालयमा पनि त्यही समस्या छ । खेलकुदका लागि मैदान छैन । अहिले विश्वभर नै आर्थिक मन्दी छ । जनताले भोग्नुपरेका महँगी, बेरोजगारीलगायत समस्या समाधानतर्फ वर्तमान सरकारले विशेष ध्यान दिनेमा म आशावादी छु ।

    सबैले साझा सङ्कल्पका साथ मिलेर देश विकासका निम्ति आ–आफ्नो क्षेत्रबाट इमानदार प्रयास गर्नुपर्छ । हामी सबैले जे जानेका छौँ त्यो गरौँ । प्राकृतिक स्रोतले धनी देश हो नेपाल । अहिले नै सोच्यौँ भने भोलिका पुस्ताका लागि काम लाग्छ । हाम्रो एकमात्र उद्देश्य उन्नत राष्ट्र निर्माण हो । जनतालाई महसुस हुनेगरी हामी सबैले काम गर्नुपर्छ । निजी र सहकारी क्षेत्र दुवैले हातेमालो गरेर अघि बढ्नुपर्छ । देश र जनहितका काम गर्न अब किञ्चित् विलम्ब गर्नु हुँदैन ।

    सांसद जुलीकुमारी महतोको परिचय

    जुलीकुमारी महतो नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद हुनुहुन्छ । उहाँ धनुषा जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो । नेकपा (एमाले)का विभिन्न पदमा रहेर सक्रिय राजनीतिमा आबद्ध उहाँ यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुनुहुन्थ्यो । (सांसदसँग रासस संवादका लागि सांसद महतोसँग राससका समाचारदाता बुनु थारूले गरेको कुराकानीको सम्पादित अंश ।)

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.