हेटौँडा । हेटौँडामा सरकार देखाउ इच्छा खोई त ! महिलाको सुरक्षा ?, मलाई बाच्न मन छ मलाई बचाउ भन्दै फरक शैलीमा प्रदर्शन गरिएको छ । स्वतन्त्र युवा युवतीहरुको एक समुहले शनिबार बिहान हेटौँडा-४ बुद्धचोकमा कालो टिसर्ट,कालो पाइन्ट र कालो फेटा बाँधेर सरकार विरुद्ध सांकेतिक प्रदर्शन गरेका हुन् । शनिवार बिहान हेटौँडा-४ हुप्राचौर भेला भएका युवाहरुले बलात्कार र भष्टाचारको विरोधमा कालो टिसर्ट, कालो पाइन्ट र कालो फेटा बाधेर सांकेतिक प्रदर्शन गरेका हुन् । उनीहरुले ‘मलाई बाच्न मन छ मलाई बचाउ’, रातो कार्पेट र हेलीकप्टरमा मात्र हिड्छौकी महिलाको न्यायको लागि बोल्छौ?, कस्तो कानुन कस्तो सरकार ?’, कपडा छोटो की नजर खोटो’, सरकार देखाउ इच्छा खोई त ! महिलाको सुरक्षा ? जस्ता नारा लगाउँदै गीति शैलिमा प्लेकार्ड बोकेर कालो टिसर्ट, कालो पाइन्ट र कालो फेटा बाधेर सांकेतिक प्रदर्शन गरेका हुन। बुद्ध चोकमा आज गरेको प्रदर्शन भने भिन्न शैलीको रहेको थियो । उनिहरुले सडक अवरुद्ध नगरी प्रदर्शन गरेका थिए।








