नवलपुर । मध्यबिन्दु जिल्ला अस्पतालमा आज एक कार्यक्रमका बिच पीसीआर मेशिन जडान गरिएको छ । गण्डकी प्रदेशमै सबैभन्दा बढी कोरोना संक्रमण भएको पूर्वी नवलपरासीमा कोरोना परिक्षणको लागि पोखरा जानु पर्ने बाध्यता हट्ने भएको छ । पूर्वी नवलपरासी जिल्लामा नै अब कोरोना भाइरस संक्रमणको रिपोर्ट तयार हुने भएको छ । जिल्लाको कावासोती १६ डण्डास्थित मध्यबिन्दु जिल्ला अस्पतालमा पीसीआर मेशिन जडान गरिएपछि परीक्षणका लागि बाहिर जानु नपर्ने भएको छ । जिल्लामै पीसीआर मेशिन जडान गर्नुपर्ने जिल्लावासीले माग गर्दै आए संगै जिल्ला अस्पतालमा पिसीआर मेशिन जडान भए संगै जिल्ला बासि खुसी भएका छन् ।








